काठमाडौं, २० साउन । संसदको सार्वजनिक लेखा समितिको आज शुक्रवार वसेको बैठकले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारणका गरेको जग्गा खरिदमा अनियमितता भएको ठहर गरेको छ।

oli nigam‘तेल भण्डारणका लागि निगमले गरेको जग्गा खरिदमा ठूलो अनियममितता भएको पाइएको छ। निगमले जग्गा खरिद गर्दा विधि र प्रक्रिया मिचेको छ,’ समितिका सदस्य रामहरी खतिवडाले भने।

बैठकले निगमको जग्गा खरिद गर्दा अनियमितता भएकाले खरिदमा संलग्नलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसनधान आयोगलाई लेखी पठाउने निर्णय समेत गरेको छ ।

समितिले जग्गा प्राप्ती ऐन २०३४ बमोजिम जग्गा खरिद गर्नु पर्नेमा बोलपत्रको माध्यमबाट जग्गा खरिद गरेर विधि र प्रक्रिया मिचेको ठहर गरेको छ।