बुटवल, २० साउन । रुपन्देहीको मणिग्रामका व्यवसायीलाई लक्षित गरेर गोली प्रहार भएको घटनाको जिम्मा मोस्ट वान्टेड सूचिमा रहेका मनोज पुनले लिएका छन् ।

Untitled-1 copyमणिग्राम बजारमा रहेको सिरिसा मार्बलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको थियो । पौने १२ बजेतिर नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाको समूहले २ वटा गोली हानी भागेको प्रहरीले बताएको छ ।

उनले व्यवसायी भण्डारीसँग ३० लाख रुपैयाँ मागेको तर नदिएकाले गोली चलाउन लगाएको बताए । पुनले दुर्गालालका छोरा दीपकलाई फोन गरी घटना आफूले गराएको दाबी गरेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र त्यसमा संलग्नको खोज भइरहेको जनाएको छ । प्रहरीको मोष्ट वान्टेडको सूचिमा रहेका पुन केही महिना अघि रुपन्देहीकै देबदहमा भएको दुर्गा तिवारी हत्याकाण्डका मुख्य योजनाकार मानिन्छन् ।