बागलुङ, २० साउन । लगातारको अविरल वर्षपछि आएको पहिरोमा परेर बागलुङमा पाँच जनाको मृत्यु भएको छ । भने एक बृद्धा बेपत्ता भएकी छन्। निशीखोला २ बाहुन गाउँमा गएको पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको ज्यान गएको हो।

piroपहिरोमा परेर मृत्यु हुनेहरुमा ६८ वर्षीय मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र १८ वर्षीया छोरी गीता छन्त्याल छन्।

त्यस्तै पहिरोमै परेर ढोरपाटन नगरपालिका–५ मा एक जनाको ज्यान गएको छ। घरमाथिबाट पहिरो खसेर ओमप्रकाश विश्वकर्माको ज्यान गएको हो। त्यस्तै निशीखोला १ हल्दीमा पहिलोमा परेर ७० वर्षीय खगिसर सिञ्जालीको मृत्यु भएको प्रहरीले जनाएको छ।