नारायण भण्डारी
तुलसीपुर(दाङ), २० साउन । दाङको तुलसीपुरमा सञ्चालित क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर अभियान अन्र्तगत आज विभिन्न सार्वजनिक संस्थानमा सरसफाईको अवस्थाबारे अनुगमन गरिएको छ । सरसफाई अभियानका संयोजक विमल रिजालको नेतृत्वमा रहेको टोलीले शसस्त्र प्रहरी बेश क्याम्प दोघरे, राप्ती अञ्चल अस्पताल तुलसीपुर, राप्ती बबई बहुमुखी क्याम्पस र गोरखा माध्यमिक विद्यालयको अनुगमन तथा निरिक्षण गरेको हो ।
तुलसीपुरलाई सफा र हरियाली बनाउने अभियानले ५० औं हप्ता पार गरे सँगै सुरु भएको सप्ताहब्यापी कार्यक्रमको तेश्रो दिन आज सरकारी कार्यालय र शैक्षिक संस्थामा सरसफाईको अवस्थाका बारेमा अनुगमन गर्नुका साथै विरुवा विरुवा पनि रोपिएको अभियानका संयोजक विमल रिजालले बताए । अनुगमनका क्रममा राप्ती अञ्चल अस्पतालमा पहिलेको तुलनामा सरसफाईमा केही प्रगती भएको पाइएपनि अझै सन्तोषजनक अवस्था नभएको पाइएको संयोजक रिजालले बताए ।
अस्पतालको भित्ताभरी स्वाथ्य सम्बन्धी सन्देश दिने पोस्टर टाँसीएको भएपनि सौचालय गएपछि हात धुनकालागि सावुनको समेत ब्यवस्था नभएको पाइएको छ । सो क्रममा आकस्मीक कक्ष र भर्ना वार्डमा रहेका विरामीले सौचालय गएपछि हातधुने सावुन नभेटाएको गुनासो गरेका थिए । केही विरामी र उनका कुरुवाले हात धुनकालागि बाहिरबाट सावुन किनेर राखेको बताएका थिए भने केहीले पानीले मात्रै हात धोएको बताएका थिए ।
अस्पतालका सौचालयमा हात धुनका लागि सावुनको व्यवस्था नगरिएको, धाराहरुमा पानी नभएको, पानी छान्ने फिल्टर (युरोगार्ड) प्रयोग विहिन अवस्थामा रहेको, गुड्खाहरु सेवन गरी यत्रतत्र थुक्दा अस्पताल दुर्गन्धीत भएको, फोहोरफाल्ने भाडाँ (डस्विन) प्रयोग विहिन अवस्थामा रहेको पाइएको उद्योग बाज्यि संघका महासचिव रुपबहादुर खत्रीले जानकारी दिए ।
त्यस्तै राप्ती बबई बहुमुखी क्याम्पसका सौचालयहरु पनि दुर्गन्धीत रहेको, पानीको व्यवस्था नभएको, क्याम्पसको वरपर यत्रतत्र फोहोर फालिएको, पर्खालहरुमा अनावश्यक नारा लेखिएको र समग्रमा शैक्षिक संस्थामा हुनुपर्ने जस्तो सरसफाई नभएको अनुगमनमा सहभागी तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञ बहादुर केसीले बताए ।
यस्तै गोरखा बोडिङ् स्कुललमा विस्कुट, चाउचाउका खोलहरु यत्रतत्र फालिएको, छात्र सौचालय दुर्गन्धति र त्यहाँ गुट्खाका खोलहरु भेटिएको पाइएको उद्योग बाणिज्य संघका सदस्य हेमराज गौतमले बताउनु भयो । सो क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे सहित विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधीहरुले विरुवा रोपेका थिए ।