गोविन्द खड्का
घोराही, २० साउन । अव्यवस्थित तरीकाले रहेका रांगा, बुंगुर तथा खसी मासुका पसलहरुले टोलहरुमा दुर्गन्धित फोहोर र बजारको सोभा तथा सुन्दरता विग्रीएको भन्दै मंगलवार विभिन्न ठाउँमा ज्ञापन पत्र बुझाए । टोलबासीले ३५ दिन भित्र अन्यत्र स्थानमा व्यवस्थापन नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
टोलविकास संस्थाहरुको नेतृत्व गर्दै आएका सृजनशिल टोल विकास संस्थाका अध्यक्ष यम प्रकाश खरेलका अनुसार मासु पसल हटाउनु पर्छ भन्ने माग हो । ‘झिंगा माखा देख्न नपाउ, बध गर्ने ठाउँको फोहोर पनि नआवस्, भनेका छौ’ उहाले थप्नुभयो, ‘व्यवस्थित नगरेको खण्डमा मासु काट्न बन्दै गर्ने तयारी छ ।’ त्यसमा न्यु सिर्जनशिल टोल विकास संस्थाका अध्यक्ष शेर सिंह विक लागाएतको जमात छ । आसपासका सबै टोलविकास संस्थाहरु संलग्न छन् ।
तिनै तिर विद्यालय रहेको क्षेत्रमा असुहाउदिलो गरी बधस्थल गराउनु गलत भएको मधु अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार खोला क्षेत्रमा बधस्थल स्थापना गर्दा वस्ति थिएन । अहिले ठुल्ठुला सुन्दर घरहरु मात्रै देखिन्छन । निजि तथा सामुदायीक विद्यालय र हजारौ बालवालिकाले दिन विताउने क्षेत्र बनेको छ । बिहान चार बजे देखिनै विद्यार्थीको चहल पहल शुरु हुन्छ । राती दश देखि विहान चार बजे सम्म कुकुरले असुरक्षित
क्षेत्र बनेको छ । टियूसन तथा कोचिङ जाने विद्यार्थीलाई झम्टिने खतरा छ । यो सबै कारणले मार्केट उपयुक्त छैन । स्थानिय पुर्ण बाहादुर वलीका अनुसार बाटोमा रगत चुहाउदै रिक्सामा मासु ल्याउने काम पनि बन्द गरीनु पर्छ ।
तत्कालै गर्न सकिने काममा आफुहरुले कदम चाल्ने व्यवसायीहरुले बताएका छन् । फ्रिजमा राखेको मासु वासी भनेर ग्राहकले मन नगर्ने भएकाले टंगाउनुपरेको रुकुमेली मासु पसलका खर्कराज विकले जानकारी दिनुभयो । आफुहरुले हाड बाहिर नफाल्ने र डस्टिविनमा संकलन गरेको भनाई छ । टंगाएको मासुमा झिंगा भन्किने, धुलो पर्ने, चुहिएर आफ्नै मासुको तौल घट्ने भएकाले व्यवसायी आफैलाई पनि फाईदा छैन । ग्राहकले सफा र फ्रिज भित्रको मासु रुचाएपछि आफुहरुले माग पुरा गर्ने बताउनुभयो । छानी छानी मासु लैजाने ग्राहकलाई चित्त बुझाउन बाध्यता छ ।
मासु व्यवसायीका अनुसार ग्राहकले आँखाले हेर्नुपयो भन्छ । भित्रको वासी, कुहिएको र अरु मिसावट भएको संका गर्छन् । ग्रँहकलाई टंगाएको बाहिरको मासु फोहोर हुन्छ भन्ने मतलबै छैन । देखेर यहि मासु काटेर दिनुस भन्छ । त्यसमै सन्तुष्ट भएर जान्छ । विगत लामो समय देखि पसल गर्दै आएका मानबहादु विकले भन्नुभयो ‘राम्रो ठाउमा बसाल्नु पयो । हामि सर्न तयार छौ“’ विकले थप्नुुभयो, ‘राज्यलाई जति दिनुपर्ने हो दिन्छौ । पटक पटक हल्लाई माग्ने र दुर्गन्धि धेरै भएको यो ठाउमा बस्न रहर छैन ।’ उनिहरुका अनुसार घर बेटिले भाडा बढाएको बढाएई गर्छन् । सुविधा छैन । भित्र राख्यो भने मासुमा माटो मिसिन्छ । पछाडि तिर कोहि जानै नसक्ने गरी फोहर जम्मा भएकोछ । पानीको मिटर रिडिङ गर्न गएका कर्मचारी समेत पटक पटक नहेरेर फर्केका छन् । त्यहि दुर्गन्धित स्थानमा आफुहरु दिन रात विताउनुपरेको छ ।
यसो त अग्लो पर्खाल बनाएर बध क्षेत्र व्यवस्थित गरेपनि काम चल्ने चौधरी मासु पसलका सन्चालक लोक बहादुर चौधरीको भनाई छ । त्यसो गरे कुकुर भित्र पस्न सक्दैन । भित्रको फोहर छितरीन पाउदैन । एउटा भैसी बध गरेको पचास रुपैया कर लैजाने उपमहानगर पालिकाले लगानी भने केहि गरेको छैन । गोठ एकातिर बनाउने, बध अर्को ठाउमा गर्ने सबैलाई पर्खालभित्र राख्यो भने समस्या आउदैन । करीव सात आठ का क्ष्ँेत्रको जमिन छ । व्यवस्थित बनाउन मात्रै नसकिएको हो । व्यवसायीहरुका अनुसार बजारमा फोहर हुनु आफैलाई घिन लाग्दो हो । अधिकांश मासु व्यवसायी बध स्थल र मासु पसलको आसपास बस्छन् । सातवटा भैसी मासु पसल, दुई वटा पाडा, दुईवटा बंगुर पसल रहेका छन् । सबैको अबस्था उस्तै छ ।
केहि बर्ष अघि सबैले झ्यालमा जाली लगाएका थिए । मासुमा केहि पस्न पाउदैनथयो । घोराही नगरगालिकाले पाली फाल्ने अभियान ल्याउदा हटाईए । व्यवस्थित गरेका मासु पसलहरु पुःन खुलामा परिणत भए । जालि फालियो तर मासु सरक्षित गर्ने विकल्प दिईएन र अपनाईएन । यसरी भत्काउने तर नबनाउने, गालि गर्ने तर विकल्प नदिने ध्वंसको प्रकृयामा अहिले सम्मको अबस्था गुजी्रएको छ । पशु सेवाकालार्यालय लगाएतले अनुगमन गर्छन् । सुझाव दिन्छन् ।
यसो त दुई वर्ष भित्र सबै मासु पसल उचित स्थानमा सार्ने गरी पहल थालेको घोराही १४ का अध्यक्ष शक्तिराम गाडिको भनाई छ । उहाले तत्काललाई कपडा सुकाएको जस्तो गरी वाहिर नटंगाउन आग्रह गर्नुभएको छ । पसल वरपरको फोहर टिप्ने, खाल्टाु पुर्ने, हिलो हुन नदिने, मासु भित्र राखेर झिंगा माखा झन्किन नदिने जस्ता सुधार गर्न सुझाव दिनुभएको छ । बिकल्प नदिएर व्यवसाय वन्द गर्ने आफुहरुको मनसाय नभएको भन्दै अध्यक्ष डागिले व्यवस्थापन कमजोर हुन पनि नदिने बताउनुभयो । केहि दिनमै बदलिएको देख्न चाहेको डागिको भनाई छ ।