इन्द्रेणी संवाददाता
दाङ, २० साउन । दाङको घोराही उपमहानगरपालिकाले वडामा बजेट सिलिङ एक करोड राख्ने भएको छ ।
विहीवार सम्पन्न बैठकले चालु आर्थिक वर्ष २०७४/७५ को बजेट, निति, कार्यक्रमका विषयमा छलफल गर्दै वडा स्तरमा बजेट तर्जुमा गर्दा एक करोडको सिमाभित्र रहेर साउन २५ गते भित्र उपमहानगरमा पेश गर्ने निर्णय गरेको हो ।
बैठकले नगर भित्रका सडकमा परेका खाल्डाखुल्टीलाई पूर्न सम्बन्धि वडा अध्यक्षले गरेको सिफारीसका आधारमा बजेट बनाउने पनि निर्णय गरेको हो । घोराही १८ को मसिना हुदै वडा नम्बर १९ सम्म पुग्ने मोटरबाटो आगामी दशैसम्म स्तरउन्नती गर्ने निर्णय भएको प्रबक्ता भरत अर्यालले जानकारी दिएका छन् ।
त्यस्तै नगरले विषयगत जिम्मेवारी बाँडफाँड गरेको छ । उपमहानगरको तेस्रो बैठकबाट विभिन्न विषयगत जिम्मेवारी बाँडफाँड गरेको छ । जस अनुसार नगर प्रमुख नरुलाल चौधरीको संयोजकत्वमा स्रोत अनुगमन तथा बजेट सिमा निर्धारण समिति गठन भएको छ ।
कानुनी सल्लाकारमा केसी नियुक्त
यसैगरी घोराही उपमहानगरपालिकाको कानुनी सल्लाहकारमा भुपबहादुर केसी नियुक्त भएको छ । १९ बर्षदेखि कानुनी सल्लाहकार रहेका अधिबक्ता अनिरुद्र गिरीले दिएको राजीनामालाई स्वीकृत गर्दै केसीलाई सल्लाहकारमा नियुक्त गरिएको हो ।
साथै १९ वर्षसम्म नगरपालिकाको कानुनी सल्लाहकारमा रहेर आफ्नो भाई आफ्नो भूमिका निर्वाह गर्ने अधिवक्ता गिरीलाई नगरपालिकाले धन्यवाद समेत दिएको छ ।