साउन १९, काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रतिनीधिसभा सदस्यको निर्वाचन सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येयक–२०७४ मा निर्वाचन आयोगले चुनावको मिती घोषणा गर्न पाउने ब्यवस्था गर्दा उपयुक्त हुने बनाउनुभएको छ । बिहीबार संसदको राज्य ब्यवस्था समितीमा उक्त विद्येयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो ।

‘निर्वाचन आयोगले निर्वाचनको मिती घोषणा गर्न पाउनुपर्छ भन्ने कुरा नराम्रो हैन, त्यो स्वभाविक कुरा हो’ उँहाले भन्नुभयो, ‘हामिले विगतमा बनाएका ऐन कानुनुहरुमा निर्वाचन आयोगसँग परामर्श गरेर मिती घोषणा गर्ने ब्यवस्था थियो, यो विषयमा छलफल गरेर टुंगोमा पुग्न सकिन्छ ।’

प्रतिनीधिसभा सदस्यको निर्वाचन सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येयक–२०७४ बारे बुधबारदेखी राज्य ब्यवस्था समितीमा शुरु भएको सैदान्तिक छलफल जारी छ । बिहीबारको सैदान्तिक छलफलमा सांसदहरुले निर्वाचन आयोगले चुनावको मिती तोक्नुपर्ने, बरामर मत पाउने उम्मेद्वारले पालैपालो काम गर्न पाउनुपर्ने जस्ता विषयहरु प्राथमिकताका साथ उठाउनुभएको थियो ।

विद्येयकबारे छलफल गरेर निष्कर्षमा पुग्न सकिने उल्लेख गर्दै गृहमन्त्री शर्माले संसदिय समितीको निष्कर्षलाई स्विकार गरेर विद्येयक अगाडी बढाउने कुरामा सरकार लचक रहेको बताउनुभयो ।

‘निर्वाचन एकै चरणमा गर्ने गर्ने हो, दुई चरणमा गर्ने मनशाय छैन’ मन्त्रि शर्माले भन्नुभयो, ‘प्रतिनीधीसभाको निर्वाचन एकै चरणमा गर्ने हो, मौसमी समस्या वा अन्य विशेष कारण नभएमा एकै चरणमा निर्वाचन गर्ने ब्यवस्था विद्येयकमा गरेका छौं ।’

आगामी मंसिर महिनाभित्र प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्नका लागी प्रतिनीधिसभा सदस्यको निर्वाचन सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येयक–२०७४ ल्याउन लागिएको जानकारी दिँदै मन्त्रि शर्माले भन्नुभयो, ‘विद्येयकमा समावेशी समानुपातीकको ब्यवस्था स्पष्ट उल्लेख गरेका छौं, यसमा तलमाथी गरेका छैनौं ।’

‘महिला, दलित लगायतका समुदायलाई समानुपातीक प्रतिनीधीत्व गराउने कुरा विद्येयकमा छुटेको छैन’ मन्त्री शर्माले भन्नुभयो, ‘आरक्षणको विषय नराम्रो हैन, महिला आरक्षणको साथमा अन्य लाई पनि आरक्षण गर्नेतिर गयो भने कत्ति संभव हुन्छ त्यसमा सम्मानित समतिले बिचार गर्नुपर्छ ।’

थ्रेसहोल्डसँग सम्वन्धित विषयमा आवश्यक छलफल गर्न आग्रह गर्दै मन्त्रि शर्माले देशलाई घाटा हुने काम नगर्न र निर्वाचनलाई ब्यवस्थित गर्नेतिर सोच्न आग्रह गर्नुभयो ।