साउन १९, काठमाण्डौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि जापानी राजदुत मासासी ओगावाबीच शिष्टचार भेटघाट भएको छ ।  बिहीबार गृह मन्त्रालयमा भएको शिष्टचार भेटघाटमा गृह मन्त्री शर्माले जापान सरकारले नेपालको आर्थिक विकासमा पु¥याएको योगदानको प्रसंसा गर्नु भयो ।

गृह मन्त्री शर्माले जापान सरकारले विशेष गरी नेपालमा विपद व्यवस्थापनमा गरेको उल्लेख्य सहयोगबारे चर्चा गर्दै, छिट्टै सो कार्यका लागि स्वयमसेवकहरु पनि तयार गर्ने जानकारी गराउनु भयो ।

IMG_7935उहाँले अब उद्धार कार्यमा स्थानिय जनतालाई समेत सहभागी गराउने योजना रहेको बताउदै, त्यसमा पनि जापान सरकारले सहयोगी हात बढाउने अपेक्षा गरेको बताउनु भयो ।

साथै उहाँले लुम्बिनीमा एउटा अन्तराष्ट्रिय विमान स्थल बनाएर जापानका बौद्ध धर्मावलम्बीहरुलाई आगमन झनै सहज बनाउने सोच रहेको उल्लेख गर्नु भयो । उहाँले मौसमका कारण माघ ७ गते भन्दा पनि मंसिर भित्रै निर्वाचनहरु शान्तिपुर्ण तरिकाले सम्पन्न गर्ने योजना रहेको समेत बताउनु भयो ।

त्यसैगरी नेपालका लागि जापानी राजदुत मागासी ओगावाले दोस्रो चरणको स्थानिय निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गरेकोमा गृह मन्त्री शर्मालाई बधाई दिनु भयो । जापानी राजदुत ओगावाले निर्वाचनका क्रममा १३ वटा मतदान केन्दहरुमा अवलोकन कार्यमा सहयोग गरेको जानकारी गराउदैँ आगामी तेस्रो चरणको स्थानिय, प्रदेश र प्रतिनिधी सभाका निर्वाचनहरु पनि शान्तिपुर्ण तरिकाले सम्पन्न गराउन् शुभकामना दिनु भयो ।

राजदुत ओगावाले नेपालमा जापानी कुटनितीज्ञहरु र जाइकाका कर्मचारीहरु ढुक्ककासाथ बसेको जिकीर गर्दै भविष्यमा पनि उहाँहरुका लागि यस्तै सुरक्षा अवस्थाको अपेक्षा गरेको बताउनु भयो ।

यस विषयका मन्त्री शर्माले नेपालले पाहुनाहरुको सुरक्षाका विषयमा विश्वस्थ रहन् आग्रह गर्दै, थप सुरक्षा आवश्यक परे त्यसको पनि व्यवस्था गर्ने बताउनु भयो । यसैक्रममा जापानी राजदुतले बर्षेनी करिब २० हजार जापानी पर्यटहरु भ्रमणका लागि नेपाल आउने गरेको जानकारी गराउनु भयो ।