बिजौरी १९ , साउन । भीष्म स्मृति प्रतिष्ठानको दोस्रो अधिवेशन बिहिबार बिजौरीमा सम्पन्न भएको छ । स्मृति प्रतिष्ठानका अध्यक्ष मोतीराज गौतमको अध्यक्षतामा अधिवेशन एवम वार्षिक साधारण सम्पन्न भएको छ । कार्यक्रमका नेपाली कागे्रस दाङका सदस्य एवम प्रतिष्ठानका सल्लाहाकार श्यामकुमार रेग्मी, सल्लाहाकार मोहनसिहं केसी, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुक्तबहादुर वली (मुकेश) , प्रतिष्ठानका आजीवन सदस्यहरु दुर्गाबहादुर खत्री, हुमबहादुर शेरचन लगायतका वक्ताहरुले भीष्म प्रतिष्ठानलाई राष्ट्रिय एवम अन्तर्राष्ट्रियस्तरसम्म कार्यक्रमहरु गर्नुपर्ने बताएका थिए । प्रतिष्ठानको अधिवेशनले मोतीराज गौतमको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसहमतिमा चयन गरिएको छ ।
जसको उपाध्यक्षमा शिवराज खत्री, सचिव टिकाराम पौडेल, सहसचिव खुमा केसी, कोषाध्यक्ष किशोर गौतम, सदस्यहरुमा राजकुमार आचार्य, मुकेश वली, विदुर गौतम, सागर रेग्मी, रञ्जनकुमार गौतम, लाहनु चौधरी, मालती शर्मा, शिला रोका, भगवता उपाध्याय र बिन्दू चौधरी रहनुभएको छ । साधारण सभामा सचिव टीकाराम पौडेलले प्रगति र कोषाध्यक्ष बसन्तकुमार आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै प्रतिष्ठानको पहिलो बैठकले सल्लाहाकार चयन गरेको छ । सल्लाहाकारहरुमा श्याम कुमार रेग्मी, प्रदीप गौतम, दुर्गाबहादुर खत्री, रवीराज गौतम , बसन्तकुमार आचार्य, अशोक कुमार गौतम र राकेश बस्नेत रहनुभएको छ । प्रतिष्ठानले बुधबार दाङको राजपुर गाउँपालिका वडा नम्बर ७मा एक दिने स्थास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा ४ सय भन्दा बढीको स्वास्थ्य सेवा लिएका थिए ।
स्वास्थ्य शिविरमा राप्ती उपक्षेत्रीय अस्पतालका प्रमुख डाक्टर जर्नादन पन्थी, छालारोग विशेषज्ञ डाक्टर प्रताप पोख्रेल, स्त्री रोग विशेषज्ञ बसन्त लामिछाने, लमही अस्पतालका डाक्टर अजयराज गौतम र डाक्टर पुष्प भुसालले स्वास्थ्य सेवा दिनुभएको प्रतिष्ठानका सदस्य विदुर गौतमले जानकारी दिनुभएको छ । कार्यक्रमको सञ्चालन सचिव टीकाराम पौडेलले गर्नुभएको थियो ।
