शरद रेग्मी
तुलसीपुर, १८ साउन । तुलसीपुरलाई सफा र हरितगरका रुपमा विकास गर्ने लक्ष्यका साथमा सञ्चालनमा आएको ग्रीन तुलसीपुर,क्लिन तुलसीपुरले हिजो मंगलवारदेखि शुरु गरेको साता व्यापी कार्यक्रम अन्तरगत आज गुरुजजुर माविमा वृक्षा रोपन गरेको छ ।

20525853_1654482231252854_2677649245925950678_nविहान आयोजित कार्यक्रममा स्कुल प्रागनमा वृक्षारोपन गर्नुका साथै सरसफाई गरिएको छ । सो अवसरमा तुलसीपुर उपमहानगरपालीका मेयर घनश्याम पाण्डेले वृक्षा रोपन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

अव एक घर एक विरुवा लाई उपमहानगरपालीका भित्र अभियानकै रुपमा अघि सारिने समेत उनले बताए । एक हप्ता सम्म संचालन हुने हरेक सरसफाई सम्वन्धी गतिविधिहरुमा नगरवासीको सहभागिता र सहयोग अनिवार्य रुपमा हुनु पर्ने धारण उनको थियो ।