स्याङ्जा, १८ साउन । स्याङ्जामा ६ जना स्वाइन फ्लुका संक्रमित भेटिएका छन् ।

swine-flu-h1n1वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको रगत परिक्षण गर्दा ६ जनामा स्वाइन फ्लु भेटिएको हो । गएको शनिबार केन्द्रमा स्वास्थ्य परिक्षणका लागि आएका २० जना शंकास्पद बिरामीको रगतको नमुना लिइएको थियो ।

उनीहरुको काठमाडौंमा परिक्षण गर्दा पाँच जनामा नफ्लुएन्जा ‘ए’ एचवनएनवन र एक जनामा इनफ्लुएन्जा ‘बी’ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत यमप्रसाद शर्माले जानकारी दिएका छन् । यसअघि एक जना वालिङका बिरामीको काठमाडौंमा उपचारका क्रममा स्वाइन फ्लुका कारण निधन भइसकेको छ ।