काठमाडौं १८ साउन । खाना पाकाउने ग्याँसको मूल्य फेरी घटेको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य घटाएको हो । हिजो राती १२ बजे देखि लागू हुने गरी निगमले प्रति सिलिण्डर साविकको भन्दा २५ रुपैया घटाएको जनाएको छ ।

यस अघि प्रतिसिलिण्डर उपभोक्ता मूल्य एक हजार ३ सय ५० रुपैया तिर्दै आएको मा अव एक हजार ३ सय २५ रुपैया मात्र पर्ने निगमले जनाएको छ । अन्तराष्ट्रिय बजारमा आउने तेलको मूल्यमा आउने घटबढका आधारमा निगमले मूल्य समायोजन गर्दैै आइरहेको छ ।