गोविन्द खड्का
घोराही, १६ साउन । निकै फराकिलो क्षेत्र वगटेर घोराही दीपशिखा चोक नजिक फ्रेण्ड्स सुपरमार्केट शुक्रवार शुभारम्भ गरिएको छ । ग्राहकहरुले घुमि घुमि मनपरेको सामान छान्न पाईने अहिले सम्मकै उचित भनेर टिप्पनी गरेका छन् ।
सडक बाटै धेरै कुरा सजिलै देख्न सकिने गरी शिसाका ठुलठुला सर्टर खुला राखिएका छन् । एउटै पसल भनि पत्याई नसकिनु छ । भित्र पसेपछि सिसि क्यामेराले ठाउँ ठाउँ बाट निगरानी गरीरहेको हुन्छ । ग्राहकहरु भने आफ्नै धुनमा आनन्दले किनमेल र सामान छनौट गरीरहेका भेटिन्छन् ।
लाईन बसेर सामान किन्ने पालो आउने, आफुले खोजेको सामान साहुले प्लाष्टिकमा पोको पारेर दिने जस्ता चित्त नबुझ्दा व्यवहार बाट मुक्त भएकोमा खुशि लागेको किनमेल गरीरहेका ग्रँहकले प्रतिकृया दिए । हरेक सामानमा स्टिकर टाँसेर मुल्य तोकिएकाले साहुजी यसको कति भनेर कराउनु पर्दैन । मनपराएर ल्याएको सामान काउन्टर बाट पैसा नपुगेर फिर्तागर्नुपर्ने समस्या पनि छैन । आफु संग रहेको पैसाका आधारमा मन परेको सामान छनौट गर्न सकिन्छ ।
विल बनाउन व्यस्त सुपरमार्केटका प्रोप्राईटर अनिल केसि अझै पुर्ण सन्तुष्ट हनु नसकेको प्रतिकृया दिनुभयो । उहाले ग्रँहकलाई आवश्यक सबै सेवा सुविधा एउटै छाना बाट दिन आतुर रहेको बताउनुभयो । ग्रँहकको आवश्यकता नोट गरेर तत्काल पुर्णता दिन लागेपरिरेको केसिको भनाई थियो ।
किराना तथा खाद्यँन्न, नुनतेल, तरकारी, दुग्ध जन्य पदार्थ, डेरीका बेकरी आईटम, चिसो पेय पदार्थ, श्रृगार, कसमेटिक, खाजा, कपसेट तथा विभिन्न सजावटका सामानहरु, लगाएतक हरेक जसो सुविधा दिएको छ । ‘अव चाडै पसमेसिन राख्दैछु’ केसिले भन्नुभयो, ‘त्यसपछि ग्रँहक पैसा वोकेर आउनु पर्दैन । डेविट क्रेडिट कार्ड वाटै कारोवार हुन्छ ।’ उहा“ले आधुनिक सेवा लिन ग्रँहक आत्तीएको बताउनुभयो । अहिले करीव पा“च हजार बढि आईटम राखिएको छ । उद्घाटनकै दिन साढे पा“च लाख बढिको कारोवार भएको थियो । तिन करोड बढि लगानी गरिएको छ ।
साझ नौ बजे सम्म सेवा दिने जनाईएको छ ।साउन ३० गते सम्म स्पेशल अफर चलाएको छ । हरेक २५ सय रुपैया बढिको खरीद गर्नेलाई एक किलो चिनी सित्तैमा दिने व्यवस्था छ । जति शहर ठुलो हुदै गर्छ त्यति विकसीत पुर्वाधारको माग बढ्छ । युवाले त्यो माग बुझेर केहि गर्न पर्यत्न गर्नु कर्तव्य सम्झीएको युवा व्यवसायी केसिले बताउनुभयो । ‘सेभ मनि सेभ टाईम’ मुख्य नारा बनाएर अघि बढ्ने केसिको भनाई छ । बजार पुग्ने, रिक्सा भाडा तिरेर सामान ल्याउने झन्जट बाट मुक्त गराउन आवासिय क्षेत्रमा सुपरमार्केट खोलेको बताउनुभयो ।
केहि व्यक्ति बुझ्न र रम्चाउनका लागि मात्रै सुपर मार्केट आएको बताउथे । बजार संग दोज्नलाई मुल्य बुझिरहेका थिए । आफुले नकिने पनि अरुले च्वाईस गरेको देखेरै रहर जागेको बताए । पार्किङको प्रशस्त सुविधा भएकाले टाफिक वा अरु कसैको टेन्सन पनि छैन । भिड भरोका वा अरु कुनै कारणले सामान छनौटमा बाद्य पुराउन सकदैन । चा“डै बैंकमा खाता खोलेर जम्मा गरेको व्यक्तिले कार्ड मार्फत सुविधा लिने छ ।
किचन आईटम देखि हरेक आवश्यक बस्तु उपलब्ध गराउने सुपरमार्केटको लक्ष्य रहेको कछ । यसरी सवै किसिमका सुविधा रहेको सुपरमार्केट सन्चालक केसिका पिता दिल बहादुर केसि, घोराही उपमहानगरपालिका १५ का वडा अधयक्ष रमेश पाण्डेय, दाङ उद्योगवाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सहजीकरण प्रकाश केसिले गर्नुभएको थियो ।