गोविन्द खड्का
घोराही, १८ साउन । चाउ योङ को नाम बाट सोमवार साँझ एउटा फेस वुक स्टाटस सार्वजनिक भयो । त्यसमा धेरैले राम्रो काम भनेर खुशि व्यक्त गरेका थिए । केहिले ठट्यौली खालका हलुका टिप्पनी गरे । खासमा दुई बर्ष अघि भ्युटावर बनाउने भनि सिलान्यास गर्नुभएको पुन परिवारका सदस्य नरेन्द्र पुनले उक्त स्टाटस हाल्नुभएको थियो ।
अनिश्चित जस्तै बनेको भ्युटावर बन्ने अब निश्चित भएको पुनले फोन सम्पर्कमा बताउन भएको छ । प्रमुख अतिथि सांसद भागवत विश्वासी र विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले संयुक्त रुपमा भ्युटावरको सिलान्यास गर्नुभएको हो । अहिले सम्म कुनै पनि काम अघि बढेको थिए । स्टिमिेट डिजाईन एवं नक्सा समेत सार्वजनिक भएन ।
गत बैशाख २७ गते २५ सय ६१ औ बुद्ध जयन्ती मनाईरहदा गुम्वामा पुग्नुभएका मन बहादुर खास्सै खुशि देखिनु भएन । उहाको घोषणा अनुसार भ्युटावरको उद्धाटन गर्नु थियो । अहिले ८४ बर्ष उमेर पुगेको बताउने पुनको भ्युटावर बनाउने घोषणाले मुर्तता नपाउनु खिन्नताको कारण थियो । मेटाउने उपाए पनि थिएन ।
‘प्राविधिकले स्टेमेट गरेन’ गुम्वा पुग्नुभएका पुनले भन्नुभयो, ‘सिलान्यास गरेर वाचा गरेको समयमै भ्युटावर बनाउन सकिएन ।’ उहाले २५ सय ६० औै बुद्धजयन्ती मनाउदा शिलान्यास गरीएको थियो । आफ्नो ८४ औ वर्थडे मनाउन भ्युटावर उद्घाटन गर्ने बचन दिनुभएको थियो । त्यसमा सफलता पाउन नसकेपछि पुन त्यति खुशि नदेखिनुभएको हो ।
त्यसको कारण गत बर्ष भुकम्पको क्षेतिले थियो । पुन परिवारका अनुसार प्राविधिक जनशक्ति समेत पाउन नसकेपछि काम अघि बढेन । सामान्य प्राविधिकले भ्युटावर आट्नै नसक्ने भएपछि गर्न सकिएन । उहाका अनुसार त्यस क्षेत्रमा भ्युपोईन्ट राम्रो छ । त्यस संगै धार्मिक स्थलपनि भयो । त्यहा बाट तुलसीपुर बजारको जनेरेटर बत्ति बलेको पनि देख्न सकिन्छ । उपत्यकाको मुख्य ठाउ हेर्न यो भन्दा उपयुक्त स्थल अरु छैन ।
आफ्ने व्यक्तिगत रुची भएपनि दाङको समृद्धि जोडिएको पुनको भनाई छ । दाङको ‘प्रशिद्ध ठाउ हेर्नलाई बनाउन खोजेको हो’ पुनले भन्नुभयो, उहा आफैले हेर्न पाउने गरी तयार हुन्छ हुन्न भन्ने धिरमीलो थियो । श्रेष्ठले जिम्मा लिई काम कअघि बढाएपछि पुन खुशि देखिनु भएको छ । आगामि २५ सय ६२ औ बुद्ध जयन्तीमा पक्का उद्घाटन हुने बताईएको छ । टिकट विक्री बाट आएको कमाई गुम्वामा खर्च गर्ने, बाकि रकम अपांगता भएका व्यक्तिको बृत्ति विकासमा खर्च गर्ने बाचा गरेको छ ।