काठमाडौं १८ साउन । दर्जनौं जनाको ज्यान जानेगरी दुर्घटना हुने नारायणगढ–मुग्लिन सडकको मर्मत तथा निर्माणमा भैरहेको ढिलासुस्ती बारे प्रधानमन्त्री शेरबहादुर देउवाले निरीक्षण गर्ने भएका छन् ।
बुधबार बिहान ९ बजे उनी सडक निर्माण स्थल तर्फ निरीक्षणका लागि जाने उनको सचिवालयले जनाएको छ । अबलोकनामा उनीसँगै भौतिक पूर्वाधार तथायातायातमन्त्री वीरबहादुर बलायर र सम्बन्धित अन्य अधिकारी पनि जानेछन् । प्रधानमन्त्री सहितको टोलीले ‘अहिलेसम्म भएको कामको प्रगति निरीक्षण गर्नुको साथै कामलाई तीव्रता दिन निर्देशन दिनेछन्।
