काठमाडौं, १७ साउन । प्रहरीको तथ्याङअनुसार नेपालमा पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन् । एक वर्षमा ५ हजार एक सय २४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।
हत्या र बलात्कारका घटना बढे
गत वर्ष साउनदेखि असारसम्म देशभरि ६ सय १७ जनाको हत्या भएको छ । त्यसमध्ये केही आपराधिक समूहबाट त केही आपसी झगडामा हत्या भएका छन् । अघिल्लो वर्ष पाँच सय ९८ जनाको हत्या भएको थियो । त्यस्तै, बलात्कारका घटना पनि बढेका छन् । यो वर्ष देशभरि एक हजार एक सय ३७ बलात्कारका घटना प्रहरीमा पुगेका छन् । अघिल्लो वर्ष १ हजार ८१ वटा बलात्कारका घटना भएका थिए । यो तथ्यांकले हरेक दिन देशमा तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखाउँछ । त्यस्तै, एक हजार ६ सय २७ वटा चोरी तथा डकैती भएका छन् ।
गत वर्ष ३७६९ ले झुन्डिएर आत्महत्या गरेका छन् । प्रहरीका अनुसार १२१५ ले विष खाएर, ७१ ले अग्लो स्थानबाट हामफालेर, ३४ ले खोलामा हामफालेर, २४ ले आगो लगाएर तथा चारजनाले करेन्ट लगाएर आत्महत्या गरेका छन् । नेपाल विश्वमै धेरै आत्महत्या गर्ने देशको सूचीमा छ । गरिबी, डिप्रेसनको समयमा उपचार नहुनु र पारिवारिक कलहका कारण धेरै आत्महत्याका घटना हुने गरेका छन् । त्यस्तै, प्रेम तथा पढाइमा असफलता तथा गम्भीर रोगका कारण पनि केहीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकाबाट