इन्द्रेणी संवाददाता
दाङ, १७ साउन । जिल्ला प्रहरी कार्यालय दाङले एक वर्षको अवधिमा २ सय ५३ जनालाई पक्राउ गरेको छ । अदालतबाट दोषि ठहर गरी कैद तथा जरिवाना तोकिएका ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

ind photoजिल्ला प्रहरी कार्यालय दाडले सोमवार एक विज्ञप्ति जारी गरी अदालतले विभिन्न समयमा दोषी ठहर गरी कैद तथा जरिवाना गरिएका फरार २ सय ५३ जनालाई पक्राउ गरी अदालतमा बुझाएको जनाएको छ ।

पक्राउ गरिएका व्यक्तिहरुबाट एक सय ६ वर्ष २७ दिन कैद र २४ लाख ३४ हजार ८ सय ५६ रुपैया जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ ।