महोत्तरी, १७ साउन । महोत्तरीमा आफ्नै छोरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

pakrauसर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतोलाई प्रहरी पक्राउ गरेको हो । हत्याको आरोपमा उनका छोरा विनोदकुमार महतोलाई पनि प्रहरीले नियन्त्रणमा दिएको छ ।

साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी÷बहिनी गौशाला नगरपालिका–२ बस्ने विक्रम महतोकी पत्नी २५ वर्षीया सन्तोलियाकुमारी महतोलाई सलको पासो लगाई घाँटी कसेर हत्या गरी गौशाला नगरपालिका–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलको खोल्सीमा फालेको अवस्थामा प्रहरीले लाश फेला पारेको थियो ।