रुकुम, १६ साउन । केही समय पहिले राल्पाकी एकजना सुत्केरी महिलालाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लिएर ज्यान बचाइ दिएर चर्चामा आएका गृहमन्त्री जनार्दन शर्माले फेरि अर्काे परोपाकारी काम गरेका छन् ।
उनले खुट्टा भाँचिएर रगत बगेका कारण गम्भिर अवस्थामा पुगेकी रुकुम गोतामकोट–५ की आशा सार्कीलाई आज हेलीकोप्टरमार्फत उपचारका लगि सुर्खेत पुरयाएर उद्दार गरेका छन् ।
यही साउन १४ गते ठूलीभेरी नगरपालिका अन्तर्गत सुलिर्गाडमा गिट्टी कुट्दै गर्दा दाँया खुट्टामा ढुंगाले लागेर भाँच्चिएका कारण गम्भिर अवस्थामा पुगेकाले नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि सुर्खेत पठाइएको हो ।
गृहमन्त्री शर्माकै निर्देशनमा हेलिकोप्टर आएको र सार्कीको उपचार जिल्ला अस्पतालमा सम्भव नदेखिएकाले थप उपचारका लागि जिल्ला बाहिर लगिएको निमित्त प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले बताए ।











