इन्द्रेणी संवाददाता
दाङ, १६ साउन । दाङमा आजदेखि दश ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन कार्य शुरु गरिएको छ ।
फोटो फाइल
सोमवारदेखि नै जिल्लाका उपमहानगरपालिकाको कार्यलय र अन्य गाउँपालिकाको कार्यालयबाट मतदाता नामावली संकलन कार्य शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । जसका लागि निर्वाचन कार्यालयबाट एकथान कम्प्युटरसहित एकजना कर्मचारी खटाइएको बताइएको छ ।
यसअघि जिल्ला निर्वाचन कार्यालय घोराहीबाट मात्रै फोटोसहितको मतदाता नामावली संकलन कार्य गर्दै आएको थियो ।