२८ जेठ, काठमाडौं ।
मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक अध्यक्ष एवं गणतन्त्रवादी नेता गोपाल गुरुङको निधन भएको छ ।Gopal_Gurung_2
ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहेका गुरुङको आज बिहान ८ बजेर ५ मिनेटमा निधन भएको गुरुङका सहयोगी बुद्धलाल मेचेले जानकारी दिनुभयो ।

ब्लड क्यान्सरका बिरामी रहेका गुरुङको उपचार एक महिना अघिदेखि अल्का अस्पतालमा भइरहेको थियो । संघीय गणतन्त्रवादी विचारका नेता गुरुङले आफूलाई ‘एन्टी करेन्ट’ धारको बताउने गर्नुभएको थियो ।

दार्जी्िलङमा जन्मेर इलाममा बसोबास गर्ने ८१ वर्षीय गुरुङ पञ्चायतकालदेखि नै संघीय गणतन्त्रको वकालत गर्ने नेता हुनुहुन्थयो । हिडन फ्याक्ट इन नेप्लिज पोलिटिक्स (नेपाली राजनीतिका अनदेखा सच्चाइ) नामको पुस्तक लेखेर काठमाडौंमा जेल परेका उनले ‘मंगोल नेशनल अर्गनाइजेसन’ नामको पार्टी खोल्नुभएको थियो ।।