लमही, १३ साउन । एन प्याव्सन दाङले देउखुरी क्षेत्रका जनप्रतिनिधिहरुलाई स्वागत एव सम्मान गरेको छ । लमहीमा एक कार्यक्रमको आयोजना गरि लमही नगरपालिकाका मेयर तथा उपमेयर , राप्ती गाउँपालिकाका प्रमुख तथा उपप्रमुख लगायतलाई सम्मान गरेको हो ।
एन प्याव्सन दाङका अध्यक्ष भिमबहादुर वुढाथोकीको अध्यक्षता तथा एन प्याव्सन दाङका केन्द्रीय सदस्य प्रेम नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका बोल्दै नेपालीले राज्यले निजी तथा सामुदायिक बिद्यालयहरुलाई बिभेद गरिरहेको भन्दै त्यसलाई अन्त्य गर्न माग गरे ।