दाङ, १३ साउन । निकट भविष्यमै दाङबाट सहारा यातायात प्रालि सञ्चालनमा आउने भएको छ । यात्रुहरुलाई सहज सुविधा उपलब्ध गराउने उद्देश्यले यातायात सेवा सञ्चालन गर्न लागेको सहारा यातायात प्रालिले जनाएको छ ।
सहारा यातायात प्रालिले दाङ—काठमाडौँ यातायात सेवा दिने गरी तयारी गरेको प्रालिका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए । यातायात प्रालिले सञ्जीवनी डिलक्स बस सञ्चालन गर्न लागेको अध्यक्ष केसीले भनाई रहेको छ । तत्कालका लागि यातायात प्रालिले १२ वटा डिलक्स बसबाट सेवा दिने प्रालिका उपाध्यक्ष टीकाराम पौडेलले बताए ।