काठमाडौं–अस्थायी शिक्षकको नाममा ७ जनाले नेपाली सेना र पुर्वराजा ज्ञानेन्द्र शाहसामु एक निवेदनरबिन्तीपत्र हाल्दै हस्तक्षेप गर्न आमन्त्रण गरेका छन् । भूमिकाबिहिन भई एक नागरिकको हैसियतामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र फरक क्षेत्राधिकार भएको नेपाली सेनालाई उनीहरुले सो ज्ञापनपत्ररबिन्तीपत्र हालेका हुन् । gyanendra shaha

बिन्तीपत्र हाल्नेमा समी भञ्ज्याङ मावि धादिङका शिक्षक बसन्तकुमार श्रेष्ठ, चामुण्डा मावि काठमाडौंका शिक्षक यादवप्रसाद पौडेल, गुह्ेश्वरी मावि सिनामंगलका शिक्षक दण्डपाणी भुसाल, सिर्जनशिल जनता मावि काभ्रेका शिक्षक डम्बरबहादुर लामा, जनप्रभात मावि कालिमाटी काठमाडौंका शिक्षक शरदकुमार मिश्र, जनजागृत मावि गोल्फुटार काठमाडौंका शिक्षक कुमार लामा काठमाडौंस्थित र प्रभात मावि क्षेत्रपाटी काठमाडौंका शिक्षक सूर्यप्रसाद तिवारी रहेका छन् । निवेदन हाल्ने उनीहरु तल्लो तहमा स्थायी भएर माथिल्लो तहमा अस्थायी रहेका शिक्षक हुन् । लामो समयदेखि माथिल्लो तहमा स्थायी गरिनुपर्ने माग राख्दै उनीहरु आन्दोलित हुँदै आएका थिए ।

सर्वोच्च अदालतले विपक्षी शिक्षक सेवा आयोगकै गलत पत्रका आधारमा आदेश जारी गरेको तथा शिक्षा मन्त्रालय र विभागले पनि वेवास्ता गरेको भन्दै उनीहरुले ‘न्यायका लागि आफूहरु जंगी अड्डा र निर्मल निवास पुग्नु परेको बताएका छन् ।

बुधबार ‘न्याय पाउँ’ भन्दै सैनिक मुख्यालय जंगी अड्डा र पुर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवासमा बिन्त्रिपत्र हालेका उनीहरुले अन्तिम विकल्पका रुपमा नेपाली सेना र पूर्वराजालाई गुहारेको दाबी गरेका छन् ।

के भनिएको छ सेनालाई बुझाइएको निवेदनमा ?

binti-patra-2_olp4pfADIZ

७ जना अस्थायी शिक्षकहरुले भद्रकालीस्थित सैनिक मुख्यालयमा पुगी दर्ता गराएको निवेदनमा सर्वोच्च अदालतबाट समेत आफूहरुले न्याय नपाएकाले अन्तिम विकल्पकाका रुपमा न्यायको रक्षक सेनालाई गुहार्न बाध्य भएको उल्लेख गरिएको छ ।

निवेदनमा भनिएको छ, ‘हामीले स्नातकोत्तर पास गरेका छौं । हामी सरकारको स्वीकृत दरबन्दीमा नै नियुक्त भएका हौँ तर शिक्षक सेवा आयोगले २०७३ चैत १९ गते खुलाएको विज्ञापनमा हामीलाई उम्मेदवार बन्न नदिएकाले हामीले सर्वोच्च अदालतमा रिट दायर गर्दा समेत विपक्षीको धोकापूर्ण प्रमाणका आधारमा हामीलाई अन्याय गरिएपछि देशको भूगोल र नागरिकको अधिकार-न्यायको अन्तिम रक्षक सेना गुहार्ने बाहेक हामीसँग कुनै विकल्प नभएकाले हाम्रो योग्यता, अनुभव र योगदानको कदर गर्दै रोजगारीको हक सुनिश्चित गरिदिनका लागि नेपाली सेना समक्ष अनुरोध गर्दछौं ।’

के भनिएको ज्ञानेन्द्रलाई बुझाएको बिन्तिपत्रमा ?

binti-patra-1_FmHd64DTTt

पूर्वराजा ज्ञानेन्द्रसामु बुझाइएको बिन्तीपत्रमा ज्ञानेन्द्रले राष्ट्रप्रमुख र सरकार प्रमुखको पदभार ग्रहण गर्दा सबै प्रकार र तहका अस्थायी शिक्षकलाई स्थायीको अवसर दिने भनिएपनि अहिलेको सरकारले सो व्यवस्थाको उलंघन गरेकाले रोजगारीको संरक्षण गरिदिन माग गरिएको छ । स्मरण रहोस् उक्त बिन्तीपत्र ‘श्री ५’ कै हैसियतमा बुझाइएको छ ।

के भन्छन् निवेदक ?
निवेदकमध्येका एक चामुण्डा माविका यादव प्रसाद पौडेलले आफूहरुले नियमसंगत रुपमा सेना र पूर्वराजालाई निवेदन र बिन्तीपत्र हालेको दाबी गरे । सर्वोच्च अदालतले विपक्षी शिक्षक सेवा आयोगकै गलतपत्रका आधारमा आदेश जारी गरेको तथा शिक्षा मन्त्रालय र विभागले पनि माग पूरा गर्न चासो नदिएकाले बाध्य भएर निवेदन र बिन्तीपत्र हालेको उनको दाबी छ । उनले आफूहरुले कुनै हस्पक्षेपको लागि आमन्त्रण नगरेको भन्दै यो विषमया कुनै आस्था पनि नभएको बताए । सेना र पूर्वराजालाई यो विषय सरोकार रहेको उनले दाबी गरेपनि स्पष्ट आधार भने बताउन सकेनन् ।
यस्तै यो प्रकरणमा जोडिएका अधिवक्ता कोषराज काफ्लेले लोकतन्त्र, लोकतन्त्रका दलहरु तथा लोकतन्त्रका अंगहरुले अस्थायी शिक्षकहरुलाई न्याय दिन नसकेपछि बिन्तीपत्र हाल्नु परेको दाबी गरे । यसविषयमा नेपाली सेनाको औपचारिक धारणा माग्न प्रवक्ता झंकर बहादुर कडायतलाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।

निवेदनको नियतमाथि प्रश्न
सेना जस्तो सुरक्षासँग जोडिएको निकायमा निवेदन र अधिकारबिहिन पूर्वराजालाई बिन्तिपत्र हालेको विषयमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ । अस्थायी शिक्षकहरुले माग पूरा गर्न सिंहदरबारभित्रै विरोधका कार्यक्रम गर्दै आएको सन्दर्भमा ७ जना चासो नै नरहेको निकायमा पुग्नुले निवेदनको नियतमाथि नै प्रश्न चिन्ह खडा भएको कतिपयको भनाई छ । यद्यपी निवेदक मध्येका एक यादव प्रसाद पौडेलले आफूहरु जंगी अड्का र शीतलनिवास पुग्नुको कुनै अरु स्वार्थ नरहेको दाबी गरे ।

शब्द / तस्वीर : रातोपाटीबाट