इन्द्रेणी संवाददाता
दाङ, १२ साउन । दाङको घोराही नगर विकास समितिका नवनियुक्त अध्यक्ष वसन्तकुमार चौधरीले आजदेखि पदभार ग्रहण गरेका छन् । आज विहीबार एक कार्यक्रमकाबीच उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष चौधरीले आफूले नगर विकासको नीतिमा रही नगर क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट गर्ने काममा सक्रियताका साथ लाग्ने बताएका छन् ।
कार्यक्रममा सहभागीहरुले अम्वापुर जग्गा विकास आयोजनालाई निरन्तरता दिनुपर्ने र नगर विकासले गर्नुपर्ने धेरै काम रहेकाले ती कामले समयमै निरन्तरता दिन सुझाव दिएका थिए । चौधरी यही साउन ४ गतेको मन्त्रिपरिषदको निर्णयबाट अध्यक्ष पदमा नियुक्त भएको थिए ।
