काठमाडौं, १२ साउन । पृथ्वी राजमार्गको गजुरी गाउँपालिका २ चाम्वासमा आज विहान ट्रक सडकबाट त्रिशूली नदीमा खस्दा चालक र सहचालक दुवैजना वेपत्ता भएका छन् ।

trukमलेखुस्थित बिहानी पेट्रोल पम्प नजिकैका होटलबाट चिया खाएर निस्केको करीव पााच मिनेटमै ट्रक नदीमा खसेको थियो ।
तिव्र गतिका कारण बा ४ ख ५१४६ नं को बालुवा बोक्ने टिप्परले सडक छेउका ४ वटा प्याराफिट ढाल्दै २५ मिटर त्रिशूली नदीमा खसेको बताइएको छ ।

वेपत्ता हुनेमा सिद्धलेक कुम्पुरका २३ वर्षका चालक सागर दमाई र सहचालक २१ वर्षका भोजराज थपलिया हराइरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।