गोविन्द खड्का
घोराही, १२ साउन । जेलीएका तारका मुठामा भारीभर्कम होडिङ बोर्ड सहरीया हरेक जसो विद्युतपोलका विशेषता बनेका छन् । त्यसलाई हटाउने कसले र टंगाउन पाउने अधिका कसरी प्राप्त गर्ने धेरैलाई पत्तो छैन ।

घोराही उपमहानगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीका अनुसार आकृति एड्भरटाईजिङले विगत दुई बर्ष अघि देशि ठेक्का लिएको छ । उसले हरेक नया आर्थिक बर्षमा रिन्यू गर्ने सर्त छ । चित्त बुझ्दो काम नभएका ठेक्का रद्द गर्न सक्ने गरी सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

bidhutaka pol

राजनीतिक दल र विशेष खालका मेला महोत्सवमा कर नलिने गरी शर्त बनाएको बताईएको छ । स्थानिय स्वायत्त शासनले दिएको अधिकार प्रयोग गरी होडिङ बोर्डको आकार अनुसार दर निर्धारण हुन्छ । त्यहि अनुसारको राजश्व जम्मा गरेपछि ठेकेदार कम्पनीले जिम्मा लिन्छ ।

त्यसो त अनेकौ आकार प्रकारका होडिङ बोर्डहरु विद्युतको पोलमा टंगिएका छन् । कार्यालय यता देखि रक्सी, सावुन, तेल, गाडि मोटर, क्रिम, छड सिमेन्ट, टेलिभिजन, स्कुल कलेज अनेकौ वार्डहरु बजारभरीका पोलमा छन् । कतिले सार्वजनिक जमिनमा समेत गाडेको भेटिन्छ । उनिहरु सबैले को प्रति उत्तरदायी हुने ? कसको अनुमतिमा गाड्ने ? लगाएतको टुंगो छैन ।

ठेकेदार कम्पनीले बेला बखत आफ्ना एजेण्टहरु पठाउ“छ । उनिहरुले ठुल्ठुला बोर्डहरु देखिए र भटिए जतिका फोटा संकलन गर्छन् । केन्द्रतिरै बसेर ति कम्पनी संग वार्गेनिङ गरेर हिसाव मिलाउछन् । यतै कार्यालय भएका सानातिना लफडामा उनिहरु फस्दैनन् । जसले गर्दा मनपर्दी भएको छ ।

जथाभावी टंगाउने र गाड्ने काम ले बजारमा के प्रभाव पारेको छ त ? यसको जवाफ फरक फरक ढंगले आउने गरेको छ । जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपाने सकभर होडिङ राख्नै नहुने बताउनुहुन्छ । बोर्डमा लेखेको मेटिने, खुईलिने, च्यातिने, भाचिने त्यसले कुरुपता प्रदर्शन गर्ने तर कतै बाट वास्तका नहुने समस्या छ । ‘पसल अगाडि भित्तामा पेन्ट गरे हुन्थ्यो’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईन्जिनियर समते रहनुभएका न्यौपानेले भन्नुभयो, ‘बाटै बन्द गर्ने, हावाहुरीले उडाउदा अर्कालाई क्षेती पुयाउने फोहर गर्ने वोर्ड घटाउनुपर्छ ।’

नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको केन्द्रय सम्झौता अनुसार नै विद्यतका पोल उपयोग गरेको बताईएको छ । त्यस बाहेक अरुका तार तथा प्रचार सामाग्री बलजफती टंगाईएका छन् । त्यसरी टाग्दा खेरी टेलिकमलाई प्रत्यक्ष प्रभाव परेको नेपाल टेलिकम दुर सन्चार कार्यालय घोरहीका प्रमुख शन्तोष शर्माको भनाई छ । पोलमा चढ्दा भयाङ चढ्ने बेला डिपि हल्लाईदिन्छन् शर्माले भन्नुभयो त्यस बेला तार टुट्छ, कनेक्सन टुटेपछि फोनमा समस्या आउछ । उहाका अनुसार ल्याण्ड लाईनको तार पोल बाटै विस्तार गरीएको छ । धेरैका टेलिफोनमा खरावी आएको गुणासो आउछ । त्यसका विभिन्न कारण मध्य होडिङ बोर्ड हल्लीएर वा भयाङ लगाउदा विगार्ने एउटा हो । यो समस्या समाधान भए धेरै उपभोक्ता सजिलरी ल्याडलाईन सेवा पाउछन् । यसो त विद्युतका लाईन विस्तारमा पनि समस्या हुन सक्छ ।

अब स्थानिय तहमा जन प्रतिनिधी आईएका छन् । उनिहरुले आफ्नो क्षेत्रको अभिवावकको जिम्मेवारी निभाउनु पर्छ । सबै क्षेत्रको जवाफ दिहि बन्नुपर्छ । यसको र उसको भनेर छुटाउन पाईदैन । घोराहीलाई सफा सुन्दर राख्न १४ का अध्यक्ष शक्तिराम डागि र १५ का अध्यक्ष रमेश पाण्डेयले प्रतिवद्धता जनाएका छन् । मेयर नरुलाल चौधरीले टोलविकास अध्यक्षहरु सहितलाई कसम खुवाई सकेका छन् । त्यसो भए होडिङ बोर्डका बारेमा अध्यक्षहरु आखा चिम्लन मिल्दैन ।

वडामा समन्वय नगरेर आफुखुशि सार्वजनिक स्थल उपयोग गर्न कसैलाई नदिने घोराही १४ का अध्यक्ष डागिले बताए । विद्युतका पोल, वाटो, कुलो, चोक चौतारो पाटि पौवा सबैको संरक्षण गर्नु आफ्नो कर्तव्य हो । त्यसता क्षेत्र वडाको सहमति विना कसैले पनि मनोमानी गर्न पाउदैन । एकलौटि ढंगले व्यक्तिगत लाभका लागि उपयोग गर्न दिईदैन । ‘चाडै निर्णय गरेर अघि बढ्छु’ अध्यक्ष डागिले भन्नुभयो , ‘अबको एक बर्ष भित्र थिति बसाल्ने र एउटा सिष्टममा वडा हिडाल्ने लक्ष्य छ ।’ उहाका अनुसार कसैले गाई पालेर दुध खाने अधिकार छ तर छाडा छोडेर अरुको नोक्सान गर्न मिल्दैन । खसी बाख्रा पालेर कर्मा गर्न पाउछ तर बजार भित्रका वोटविरुवा, फलफुल तथा अन्य क्षेत्रमा हानी गर्न मिल्दैन । त्यसरी कसैले लाभ लिनका लागि अरुले क्षेती व्यहोरेको गुणासो आए वडा अध्यक्षहरु चुप लागेर बस्न मिल्दैन ।

केहि दिन अघि नेपाली कांग्रेशले चुनावका झण्डा हटाउने अभियान शुरु गरेको थियो । यद्यपी बजारमा बाकि छन् । त्यसैगरी नारायणपुर लगाएत केहि क्षेत्रमा एमालेले पनि चुनाव प्रचार सामाग्री हटाएको छ । सबै राजनीतिक दलहरुले आवश्यक नहुने आफ्ना प्रचार समाग्री हटाएमा अरुलाई पनि दवाव हुने देखिन्छ । यत्रा दलले त हटाए भने सानो कार्यालय वा संघ संस्था र व्यक्तिगत व्यवसायीले अटेर गरी सुहाउदैन । न त टिक्न नै सक्छ । ठुला दलहरु बाट शुरु गरीएको असल अभियान चाडै सार्थक भए भाचिएका, चयातिएका, म्याद गुज्रीएका वोर्डहरु पनि हट्ने छन् । त्यसो नगर्ने म्याद गएका वोर्डलाई वडा अध्यक्षहरुको पहलमा उठाउनै पर्छ । त्यो आट सरसफाइ अभियान्ता समेत रहनुभएका मेयर चौधरी लगाएतको टिममा आउने छ ।