इन्द्रेणी संवाददाता
दाङ, १२ साउन । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको दाङ जिल्ला भेला आज हुँदैछ ।
आज २ बजे हुने जिल्ला भेलामा दश वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागीता हुने स्थानीय विकास अधिकारी कुलबहादुर जिसीले जानकारी दिएका छन् । जिल्ला भेला सम्पन्न भएपछि जिल्ला समन्वय समिति गठनको प्रक्रिया अघि वढ्ने छ ।
