काठमाडौं, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार विस्तारमा पार्टीलाई नसमेटेको भन्दै मन्त्रिपरिषद्मा सहभागी हुन बनाएको वार्ता समिति भंग गरेको घोषणा गरेको छ ।
प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरेको राप्रपाले सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको भन्दै केही समयअघि महामन्त्री जयन्त चन्दको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको थियो ।
वार्ता समितिका संयोजक चन्दले सरकार विस्तार भइसकेकाले वार्ता समितिको औचित्य नरहेकाले भंग भएको प्रतिक्रिया दिए । बुधबार भएको सरकार विस्तारमा पार्टीका तर्फबाट प्रतिनिधित्व नगराइएपछि उसले सरकारमा सहभागी हुनुको औचित्य सकिएको भन्दै वार्ता समिति भंग गरेको हो ।
राजधानीमा भनिएको छ- परिवर्तित परिस्थितिमा अब बस्ने कार्यसम्पादन समितिले संशोधनको विपक्षमा निर्णय गर्न सक्ने राप्रपा नेताहरू बताउँछन् ।