इन्द्रेणी संवाददाता
काठमाडौं १२ साउन । भर्खर मात्र सपथ लिएका स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले डा. गोविन्द केसीका जायज मागलाइ तत्काल सम्बोधन गर्ने बताएका छन् । उनले नयाँ स्वास्थ्य नीति बनाउने घोषणा पनि गरे ।

giriraj mani pokhrel

सपथ संगै पदभार ग्रहण गरेपछि बुधबार पत्रकारहरु संग संक्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले भने – ‘डा. गोविन्द केसीले फेरी अनसन सुरु गरेकोबारे जानकारी पाएँ । उहाँका जायज मागहरुलाई प्राथमिकतामा राखेर काम गर्ने छु ता कि उहाँले अब अनसन बस्नु नपरोस ।’

यसैगरी मन्त्री पोखरेलले संविधानले दिएको आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र सबैको पहुँचमा पुर्‍याउन प्राथमिकता दिने कुरा आफ्नो प्राथमिकतामा पर्ने बताए ।