तुलसीपुर १२ साउन । कोकाकोला अन्तर विद्यालय दाङ जिल्ला स्तरिय छात्र÷छात्रा फूटबल प्रतियोगिता आजदेखि तुलसीपुरको अरनीको मैदानमा सुरु हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अन्त्तरगत दाङ जिल्ला फूटबल संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको समन्वयमा संचालित प्रतियोगिता हुन लागेको हो । प्रतियोगितको उद्घाट तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले गर्ने कार्यतालिका रहेको छ ।

साउन २१ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा स्थापित निजी तथा सामुदायिक विद्यालयका गरि १७ टिमहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजेता, उपविजेता टिम तथा खेलाडीलाई नगद, मेडल प्रमाणपत्र प्रदान गरिनेछ ।

साथै उद्घाटन समारोहमा तुलसीपुर उपमहानगरपालिकाका मेयर, उपमेयर, १९ वटै वडाका वडा अध्यक्ष लगाएतलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम तय गरिएको संघका महाससचिव सुशिल श्रेष्ठले जानकारी दिएका छन् । खेल नकवाउट सिस्टमवाट खेलाइने छ । उद्घाटन खेल विहान आठ बजेदेखि सुरु हुने छ । गोरखा तुलसीपुर र गोरखा घोराहीका बीचमा उद्घाटन खेल हुने भएको छ । दैनिक दुई वटा खेलहरु खेलाइने आयोजकले जानकारी दिएको छ । विहान आठ बजेदेखि एउटा र दिउँसो अर्को खेल खेलाईने छ ।