काठमाडौं, ११ साउन । सरकार गठनको ५० दिनपछि आज विस्तार भएको मन्त्रिपरिषदमा १९ जना मन्त्रील सपथ ग्रहण लिएका छन् । सपथ लिनेमा १५ जना नयाँ अनुहार रहेका छन् ।

matriकांग्रेसबाट थपिएका दश जनामध्ये मोहनबहादुर बस्नेतबाहेक अरु सबै नयाँ अनुहार हुन् । सञ्चारमन्त्री भएका बस्नेत यसअघि स्वास्थ्य राज्यमन्त्री भएका थिए ।

कांग्रेसबाट कानुन मन्त्री बन्नुभएका यज्ञबहादुर थापा, भौतिक पूर्वाधार र योजना मन्त्री वीरबहादुर बलायर, सिँचाइ मन्त्री सञ्जय गौतम, वाणिज्यमन्त्री मीन विश्कर्मामा, गरिबी निवारण र सहकारी विकासमन्त्री अम्बिका बस्नेत पहिलोपटक मन्त्री भएका हुन् ।

त्यस्तै रक्षा मन्त्री भीमसेनदास प्रधान, कृषि मन्त्री रामकृष्ण यादवले, युवा तथा खेलकुदमन्त्री राजन केसी, र खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले पनि पहिलोपटक अवसर पाएका छन् ।

माओवादी केन्द्रबाट ऊर्जा मन्त्री हुनुभएका महेन्द्रबहादुर शाही, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, आपूर्ति मन्त्री शिवकुमार मण्डल, पशुपन्छी विकास मन्त्री सन्त चौधरी र महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा खनाल पनि पहिलोपटक मन्त्री भएका हुन् भने नेकपा संयुक्तबाट वातावरण मन्त्री बन्नुभएकी मिथिला चौधरी पनि पहिलोनै हुन् ।