इन्द्रेणी संवाददाता
दाङ, ११ साउन । राप्ती अञ्चलको सबैभन्दा पूरानो राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको कार्यालय प्रमुखमा सिताराम शर्मा नियुक्त भएका छन् ।
समितिको आज वुधवार प्रधान कार्यालय तुलसीपुरमा वसेको बैठकवाट समितिका वरिष्ठ अधिकृत शर्मालाई कार्यालय प्रमुखमा नियुक्त गरिएकोसमितिका अध्यक्ष सुरेश हमालले बताए ।
कार्यालय प्रमुख डा.लोकराज पराजुलीको २५ वर्षे कार्यकाल पुरा भएको हुदा शर्मालाई कार्यालय प्रमुखमा नियुक्त गरिएको उनले जानकारी दिए । त्यस्तै समितिमा विभिन्न पदमा रही सेवा पुरयाएका अन्य कर्मचारीहरुलाई पनि विदाई गरिएको छ ।
