निजी क्षेत्रको हकहितका लागि बर्षौं देखि क्रियाशील बन्दै आएको दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यसमितीको तीन बर्षे कार्यकाल समाप्त भैसकेपछि यहि साउन २८ गते साधारणसभा बस्दैछ । उक्त साधारण सभाले अधिवेशनको समय तोक्नेछ भने अधिबेशन बाट संघले नयाँ नेतृत्व छान्ने छ । अनि यहि अधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।दाङ जिल्लाको सबैभन्दा ठूलो उद्योग वाणिज्य संघको रुपमा स्थापित दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व लिनका लागि ब्याबसायिक नेताहरु हौसिएका छन् । यसै सन्दर्भमा समसामयिक बिषयमा अध्यक्ष पदका आकांक्षी खड्ग बुढाथोकी संग इन्द्रेणी अनलाइनले गरेको कुराकानीको सम्पादित अंस यहाँ प्रस्तुत गरिएकोछ ।
इन्द्रेणी अनलाइनमा यहाँलाई स्वागत छ ।
धन्यवाद !
तपाइँ त यहाँको प्रतिष्ठित व्यवसायी उद्योग वाणिज्य संघको चुनाव लागेको छैन ?
चुनाव त नलाग्ने कुरै भएन । अब लगतै हाम्रो साधारण सभा हुँदैछ त्यसले चुनावको मिति र समय निर्धारण गर्नेछ अनि चुनावमा होमिने हो । तर मलाई चुनाव लाग्नुभन्दा पनि उद्योग वाणिज्य संघको नेतृत्व कस्तो बनाउने भन्ने मा वढी चिन्ता छ । चुनावकै लागि मलाई जिताउनुहोला है भन्दै घरदैलोमा पुगेकोे छैन तर संघको नेतृत्व कस्तो बनाउने भन्ने विषयमा साथी भाइहरुसँग छलफल त भइरहेकै छ ।
नयाँ नेतृत्व कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
हेर्नुहोस निजि क्षेत्रमा दाङ जिल्लामा एउटा छुट्टै गौरब बोकेको दाङ जिल्ला उधोग बाणिज्य संघ बिशुद्ध व्यावसायिक संस्था हो यसले व्यवसायीहरुको हकहितको लागि काम गर्ने, व्यवसायीका कुरा अनि समस्या बुझने, व्यवसायीसँग सम्बन्धीत नियकाहरुसँग सहकार्य र समन्वय गरेर व्यवसायीहरुका काम काजलाई सहजरुपमा अगाडी लैजान सक्ने, सबै पक्षलाई समेटेर लैजान सक्ने र जिल्लाको समग्र विकासमा चिन्तित भएर काम गर्ने हुनुपर्छ । व्यवसायीको नेतृत्व कुनै राजनीतिक आस्थाले मात्रै धोइएको नभएर व्यवसाय सञ्चालन गरेको व्यवसायका समस्यामा गम्भीर चिन्तन मनन गर्ने सक्षम व्यक्ति हुन आवश्यक छ ।
यदि तपाइँले यसको नेतृत्व पाउनुभयो भने समग्र दाङका लागि नयाँ काम के गर्छु जस्तो लाग्छ ?
नयाँ कामभन्दा पनि मैले यहाँ गर्नुपर्ने पुरानै कामहरुधेरै देखेको छु ती कामलाई पहिलो प्राथमिकता दिन्छु । एउटा व्यवसायीको नाताले पनि यहाँ एउटा औद्योगिक कोरिडोर निर्माण गर्नुपर्ने छ । त्यसलाई पहिलो प्राथमिकता दिनेछु । त्यस्तै बजारमा अहिले एउटै सडक लाइनमा सटर भाडाहरुमा एकरुपता छैन । त्यसका लागि बैज्ञानिक भाडादरको आश्यकता छ । विभिन्न स्थान हरुलाई वर्गमा विभाजन गरेर वर्ग अनुसार बैज्ञानिक भाडा कायम गर्ने । निजि क्षेत्र बाट नयाँ पर्यटकिय सम्पदाको निर्माणमा पहल गर्ने । व्यावसायी सुरक्षाको उचित ब्याबस्था गर्ने । दाङ जिल्ला उद्योग बाणिज्य संघद्वारा निर्माण गर्न थालेको सभा गृह लाई ३ बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने । आन्तरिक राजश्व कार्यालय संग सुमधुर सम्बन्ध कायम गर्ने । बजारलाई ब्यबस्थित गरि ब्यबस्थित हाटबजार लगाउने । साना ब्याबसाय , ठेला र सडक ब्यापारीहरुलाई उचित ब्यबस्थापन गर्ने । यी यस्ता कामहरु मेरा प्रमुख प्राथमिकता हुनेछन ।
नेतृत्वका लागि टिकेट पाउने सम्भावना कस्तो छ ?
सक्रियतााको हिसावले पनि अग्रजको हिसावले पनि ढुक्क छु । यो कार्यकालमा पनि उद्योग उपाध्यक्षमा रहेर उद्योग वाणिज्य संघका तर्फबाट मैले अग्रस्थानमा रहेर काम गरेको छु । त्यसैले पनि अबको नेतृत्वका लागि अगाडी वढ्ने अवसर पाउछु जस्तो लाग्छ ।