शरद रेग्मी
तुलसीपुर, १० साउन । दाङको तुलसीपुरमा संचालन भईरहेको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान ४९ औं हप्तामा प्रवेश गरेको छ ।

22मंगलवार विहानको सरसफाई अभियानको शुभारम्भ विरेन्द्र चौकदेखि संचालन भएको थियो । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उप–महानगरपालीकाको मुख्य आयोजना तथा दर्जनौं समाजिक संघसंस्थाहरुको सहकार्यमा संचालन भईरहेको सरसफाई अभियानको नेतृत्व मंगलवार नेवार समाज तुलसीपुरले गरेको थियो ।

मंगलवार ४९ औं हप्ताको सरसफाई अभियान विरेन्द्र चौकवाट ५ नम्बर वडा कार्यालय हुदै (ख) लाईन वाहिनी चौकसम्म संचालन गरिएको अभियानका संयोजक विमल रिजालले जानकारी दिए ।