दोलखा, १० साउन । जिल्ला प्रहरी कार्यालय दोलखाले आफनै मामाको हत्या गरेको आरोपमा ६ वर्षपछि भान्जालाई पक्राउ गरेको छ ।
भिमेश्वर नगरपालिका वडा नं. ३ का १९ वर्षका बिनोद धनुकेको हत्या गरेको अभियोगमा भिमेश्वरकै बिक्रम बिकलाई ६ वर्षपछि पक्राउ गरेको दोलखाका प्रहरी निरीक्षक प्रेम सागर केसीले बताए ।
२०६८ साल फागुन ८ गते कालिन्चोक मन्दिर दर्शन गर्न जाने क्रममा भान्जा बिक्रम मात्रै घर फर्किए पछि बिनोदको खोजी सुरु गरिएको थियो । खोजी गर्दा साविकको कालिन्चोक गाविस वडा नंं ९ स्थित गणेश थुम्की नजिकै कुरी जाने भन्ज्याङ गौडाको ३५ मिटर छेउमा बिनोद मृत अवस्थामा फेला परेका थिए ।











