इन्द्रेणी संवाददाता
दाङ, १० साउन । केही दिनअघि देउखुरीमा सडक दुर्घटना परी घाइते भएका नेपाल पत्रकार महासंघ दाङशाखाका साधारण सदस्य एवं नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष घनीराम शर्मालाई नेपाल पत्रकार महासंघ दाङले आर्थिक सहयोग गर्ने भएको छ । मंगलवार सम्पन्न महासंघको बैठकले घाइते शर्मालाई उपचारका लागि पाँच हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
शाखा अध्यक्ष सबिन प्रियाशनको अध्यक्षता एवं सल्लाहकार दुर्गालाल केसीको आतिथ्यतामा सम्पन्न बैठकले हालसम्म महासंघले गरेको गतिविधी बारे समिक्षा गर्नुका साथै सकारात्मक र उत्साहवद्र्धक ढङगले सम्मपन्न भएको निष्कर्ष निकालेको छ ।
त्यस्तै श्रावण १५ गते दिउसो १२ बजे जिल्लाका १० वटै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधी संग ‘ स्वच्छ , समृद्ध राजधानी दाङका लागि जनप्रतिनिधी र सरोकालवालाको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र त्यसको संयोजन गर्ने जिम्मेवारी अध्यक्ष सबिन प्रियासनलाई दिने, जिल्लामा सञ्चालनमा रहेका अनलाईन पोर्टलहरुलाई सञ्चालन तथा व्यवस्थापन गर्न श्रावण २१ गते दिउँसो १ बजे दिने अनलाईन पत्रकारिता सम्बन्धी एकदिने अभिमुखिकरण आयोजना गर्ने र त्यसको संयोजन गर्ने जिम्मेवारी सचिव भुपेन्द्र वलीलाई दिने निर्णय गरेको छ ।
त्यस्तै पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदीप शर्मा र शुभेच्छुकहरु हरिप्रसाद रिजाल , गणेश प्रसाद रिजाल, अर्जुन रिजाल र राधा रिजालले दाङ शाखामा स्थापना गर्नुभएको लोककुमारी स्मृति प्रतिभा पुरस्कार प्रदान गर्ने तथा लोककुमारी स्मृति दिवस यही श्रावण २४ गते मनाउने र पुरस्कारको लागि प्रतिभा छनौट गर्न अध्यक्ष सबिन प्रियासनको संयोजक रहने गरी पुर्वअध्यक्ष सुशिल गौतम र सल्लाहकार सुदीप गौतम रहेको ३ सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको छ ।