काठमाडौं १० साउन । स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक सहसचिव डा. रमेशकुमार सिंह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

आफ्नै कार्यालयका कर्मचारीबाट दश हजार रुपैयाँ घुस लिएका सिंहलाई घुस रकमसहित अख्तियारले विभागबाटै नियन्त्रणमा लिएको हो । सिंहले कर्मचारीको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा हस्ताक्षर गर्न घुस मागेको अख्तियारका अधिकारीले जनाएका छन् ।