काठमाडौं– गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनमा बाग्लुङको ग्वालिचौरमा भएको जिप दुर्घटनामा परेर घाईते भएकाहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जलजलाबाट ग्वालिचौर तर्फ आउँदै गरेको ध. १ ज १८४ नम्बरको जिप सोमबार बिहान करिब ९ बजेर ४० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर चारजनाको घटनास्थलमै मृत्यु भएको र अन्य ७ जना घाईते भएको खबर पाउनासाथ गृहमन्त्री शर्माले हेलिकप्टर पठाउन निर्देशन दिएको थियो ।

सात जना घाईते मध्ये गम्भिर घाईते भएका छ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर काठमाडौं ल्याईएको गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले बताए । रातोपाटीमा खबर छ।