भुपेन्द्र वली
दाङ ,९ साउन । कर्मचारी समायोजनमा ढिलाई हुँदा स्थानीय तहको कामकाज सञ्चालनमा अप्ठयारो सिर्जना भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन अनुसार साउन १ गते भित्र सबै स्थानीय तहमा कर्मचारी समायोजन भएर पनी काममा खटिसक्नुपथ्र्यो । तर जिल्लाका १० स्थानीय तहमा करिब एक हप्ता पुग्नै लाग्दा सम्म पनि कर्मचारी पुगेका छैनन् । कुल १ सय वडा रहेको दाङमा कर्मचारीको अभावमा मुख्य गरी वडास्तरबाट हुुने काममा अप्ठयारो परेको जनप्रतिनिधीहरुले बताएका छन । शहरी क्षेत्रमा अवस्थित घोराही उपमहानगरपालिका कार्यालय संगै विकटमा रहेका गाँउपालिकामा पनी कर्मचारीहरु पुगेका छैनन् ।
काम गर्न अप्ठयारो
जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रमा अवस्थित राजपूर गाँउपालिकाका अध्यक्ष लोकराज केसीले कर्मचारी नआँउदा आफुहरुलाई काम गर्न गाह्रो परेको बताए । ‘ असार २८ गते जिल्ला स्तरीय कर्मचारी व्यवस्थापन समितिको बैठक बसी छिटै कर्मचारी व्यवस्थापन गरिने जानकारी दिईएको थियो । ’ उनले भने ‘ ७ वडा रहेको राजपूर गाँउपालिकामा हाल सम्म ३ वटा वडा बाट मात्र काम सुचारm गर्न सकिएको छ । अन्य वडामा कर्मचारी नआँउदा वडा कार्यालय समेत खोल्न सकेका छैनौं ’ यस्तै जिल्लाको पश्चिमी सिमामा अवस्थित बबई गाँउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले पनी कर्मचारी नहुँदा सेवाग्राही मर्कामा पर्ने अवस्था सिर्जना भएको जानकारी दिए । ‘ ३ जना कर्मचारी मात्र अहिलेसम्म आएका छन । त्यती कर्मचारीले गाँउपालिका धान्न सक्ने अवस्था छैन । ’ उनले भने ‘ यस्तो तरिकाले जनताले गरेको विकास प्रतिको अपेक्षा हामीले कसरी पूरा गर्ने ? ’ जिल्लाका अन्य स्थानीय तहमा पनी समयमा कर्मचारी नखटाँइदा काम गर्न अप्ठयारो परेको छ । मुख्य गरी कृषी , पशु ,मालपोत , लगायतको सिफारीश का लागि सेवाग्राहीहरुले दुःख पाउनुपरेको यस्तै । निर्वाचीत भएको १ महिना भित्र परिषद गरिसक्नुपर्नेमा कर्मचारी नहुूँदा परिषदको तयारीमा असर पुगेको स्थानीय तहका जनप्रतिनिधीले बताएका छन ।
छिटै टुग्याँउछौं : प्रजिअ
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कर्मचारी व्यवस्थापन समितिका संयोजक गजेन्द्र बहादुर श्रेष्ठले हालसम्म सय जना कर्मचारीलाई विभिन्न स्थानीय तहमा खटाईएको जानकारी दिए । जस अनुसार जिल्ला समन्वय समिति र जिल्ला प्राबिधिक कार्यालयबाट १४ जना, पशु सेवा कार्यालयबाट ४२ जना, जनस्वास्थ्यबाट २२ जना र जिल्ला कृषि बिकास कार्यालयबाट ८ जना कर्मचारीलाई स्थानीय तहमा खटाइएको छ ।
यस्तै अन्य १५ जनालाई पनी विभिन्न स्थानीय तहमा खटाईएको छ । कर्मचारी व्यवस्थापन गर्न अप्ठयारो परिरहेको छ । मुख्य कुरा कर्मचारी संख्या र विषय अनुसार दक्ष कर्मचारीको अभाव पनी छ । उनले भने ‘ संघीयताको कार्यान्वयन गर्ने सवालमा कर्मचारी हरुको महत्वपुर्ण भुमिका हुने कुरा बुझाँउदै सबैलाई सहयोग गर्न आग्रह गरिरहेका छौं । ’ प्रजिअ श्रेष्ठले पहिले कार्यालय बाट नै उपर्युक्त समायोजनको खाका तयार पारेर ल्याउन आग्रह गरिएको र जिल्ला स्तरीय कर्मचारी व्यवस्थापन समितिले पनी आवश्यक्तालाई मध्यनजर गरी कर्मचारी खटाउने जानकारी दिए । ‘ कर्मचारी खटाँउदा मुख्य गरी विकट क्षेत्रमा रहेका गाँउपालिका विकट क्षेत्रमा रहेकका गाँउपालिका प्राथमिकतामा रहनेछन । ’ उनले भने ।
स्थानिय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापन सम्बन्धि आदेश २०७४ अनुसार उपमहानगर एवं नगरपालिकामा दश दश जना र नगर वडामा ३ जनाका दरले न्यूनतम कर्मचारी राख्ने भनिएको छ । त्यस्तै गाउँपालिकामा ९ र वडा स्तरमा तीन जनाका दरले कर्मचारी राख्ने उक्त आदेशमा उल्लेख गरिएको छ । न्यूनतम ति कर्मचारीहरु सहित विभिन्न विषयगत कार्यालयका कर्मचारीहरु समेत नगर तथा गाउँपालिकामा खटिने मन्त्रालयको निर्देशन छ ।