साउन ९ । अफगानिस्तानको राजधानी काबुलमा कार बम आक्रमणमा परी कम्तीमा २४ जनाको ज्यान गएको छ। सोमबार बिहान भएको विस्फोटमा अन्य ४२ जना घाइते भएको अफगानी गृह मन्त्रालयले जनाएको छ।

downloadस्थानीय समअनुसार बिहान ६ः४० बजे काबुलको पुलिस डिस्ट्रिक ३ मा एक टोयोटा कोरोला विस्फोट भएको जनाइएको छ। आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन। एजेन्सी