घोराही  ९,साउन  । घोराही उपमहानगरपालिका–१५ निवासी दङाली चेली तीज फोटो प्रतियोगितामा देशभरका सुन्दरीहरुसँग भिँड्दैछिन् । किस एफएम ८९.३ मेगाहर्ज रुपन्देही सैनामैनाले आयोजना आयोजना गरेको प्रतियोगिता अन्तगर्त फेसबुकमा राखिएको फोटोमा जसको बढि शेयर, कमेन्ट, लाईक, मेन्शन आउँछ उसैले प्रतियोगिताका विभिन्न अवार्डहरु हात पार्नेछ ।

20370285_1856681811315886_908703757_n

प्रियङ्काको प्रतियोगि नम्वर ४२३ रहेको छ । हालसम्म छसयको हाराहारीमा प्रतियोगितामा युवतीहरुको सहभागिता भइसकेको छ । भाद्र ५ गतेसम्म एफएमको फेसबुकपेजमा प्रतियोगिहरुले आफ्नो फोटो अपलोड गर्न सक्ने भएकाले प्रतियोगितामा संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

राष्ट्रिय अन्तराष्ट्रिय  क्षेत्रमा बसोबास गरिरहेका युवतीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । १८ वर्षीया प्रियङ्का प्लसटू उर्तीण गरेर व्याचलरको तयारीमा छिन् । डान्स, अभिनयमा राम्रो दखल राख्ने प्रियङकाले धेरैपटक फोटोसूट समेत गरिसकेकि छन् । एफएमले तीजकै दिन भाद्र ८ गते प्रतियोगिहरु मध्यबाट छानेर बिजेताहरुको नाम घोषणा गर्ने र पुरस्कार वितरण गर्ने योजना समेत बनाएको छ । बिजेताहरुले विभिन्न किसिमका अफरहरु समेत पाउनेछन् । प्रेम भुसाल र इन्दिरा भुसालकी सुपुत्री प्रियङ्का यो प्रतियोगितालाई अत्यन्त महत्व दिएर यस विषयमा साथीभाई, इष्टमित्र, छरछिमेक, शुभेच्छुक सबैलाई फोटोमा लाइक, शेयर, मेन्शन गर्नका लागि आग्रह गरिरहेकी छन् । प्रतियोगितामा सहभागि भइसकेपछि नयाँ अनुभव बटुल्नुका साथै केही गर्छु भन्ने सोँच पलाएको बताउने प्रियङ्का भविष्यमा सफल मोडल बन्ने उद्देश्य लिएर अगाडि बढि रहेकी छन् ।

20401064_1856681801315887_1232790872_nयहाँसम्म आइपुग्नुको पछाडी घरपरिवारको ठूलो हात रहेको बताउने प्रियङ्का घरपरिवारकै साथसहयोगले आफू सफल हुने विश्वास राख्छिन् । केही गर्नुपर्छ भन्ने मान्यता राख्ने प्रियङ्कालाई जिताउनका लागि उनको फेसबुकमा गएर प्रतियोगिता सम्बन्धी राखिएको फोटोलाई लाईक, शेयर र मेन्शन गर्नुपर्छ ।