दाङ,९ साउन । मानवअधिकार तथा शान्ति दाङ शाखाले जिल्लामा सुरक्षा संबेदनशीलताप्रति चिन्ता ब्यक्त गरेको छ । समाज दाङ शाखाको आइतबार बसेको शान्ति सुरक्षाको संबेदनशीलताप्रति राज्य गम्भीर बन्न आग्रह गरिएको छ ।

humanrightsश्रृखलाबद्ध हत्या,रहस्यम मृत्यु,अपहरण,फिरौती,सामुहीक बलत्कारका घटना हुनु मानव अधिकारको ठाडो उल्लघन भएको भन्दै तत्काल शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन राज्यसग शान्ति समाज दाङ शाखाले आग्रह गरेको छ । देबिप्रसाद धिताल हेमराज हत्याकाण्ड,जगदीश डाँगी जेडिको हत्यारालाई पक्राउ गर्न नसक्नु,राजकुमार श्रेष्ठ,रणबहादुर घर्ती हत्या,रत्नबहादुर वलीको रहस्यमय मृत्यु लगायतका घटनाले आम नागरिकले शान्ति सुरक्षा प्रति प्रस्न उठाएकोले यस प्रति संबेदनशील बन्न प्रशासनलाई आग्रह गरिएको छ ।

यस्तै पटक पटक बिभिन्न स्थानमा हुने वलत्कार,चन्दा आतंक,आक्रमण लगायतका घटनालाई बिशेष ध्यान दिन सुरक्षा निकायसग आग्रह गरिएको छ । शान्ति समाजका सभापति सुरेश हमालको अध्यक्षता एबम केन्द्रीय सचिब सुशील बस्नेतको बिशेष उपस्थीतिमा भएको बैठकले मानव अधिकार शिक्षा,दुब्र्यसनी सम्बन्धि अनुशिक्षण लगायतका कार्यक्रम गर्ने निर्णय गरिएको सचिब शरद रेग्मीले जानकारी दिए ।