राष्ट्रिय फोटोपत्रकार समुहले २०७२ साल वैसाख १२ गतेको विनासकारी भुकम्पले पु¥याएको मानवीय भौतीक सास्कृतिक तथा शैक्षीक क्षेत्रको क्षती लगायत त्यस पछिका पुर्नरसंरचना निमार्णका विषयमा फोटापत्रकार फोटोग्राफ तथा सर्वसाधारणका लागि फोटो आह्वान गरिएको थियो उक्त फोटोहरु प्रतियोगीतात्मक प्रर्दशनीमा सयौको संख्यामा तस्विरहरु संकलन भए पनि एनएफपीजेले छनौट गरि ४५ ओटा फोटोहरु छनौट गरि आज साउन ५ गते देखि ८ गते सम्म चल्ने वृहत इक्यान शैक्षीक मेलामा प्रर्दशनी गरिएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि श्रीलङ्काका राजदुत स्वर्णलता पेरेरा लगायत अतिथिहरुले अवलोकन साथ विगतमा भएको यस्तो विनासकारी घट्नावाट पाठ सिकी भूकम्प प्रतिरोधात्म घरहरु वनाउनुका साथै सुरक्षीत हुनका लागि पनि प्रेरणा मिल्ने वताउनु भयो । उक्त प्रर्दशनीमा रहेको उत्कृष्ठ ४५ ओटा फोटोहरुलाई तपाइले प्रत्यक्ष रुपमा अवलोकन गरि आफ्नो अभुल्य मत दिन साथै हाम्रो अफिसियल फेशवुक मार्फत फोटोमा लाइक गरेर पनि उत्कृष्ट वनाउन सक्नु हुनेछ ।
प्रथम हुनेलाई रु ५० हजार, दितिय हुनेलाई २० हजार, तृतिय हुनेलाई १५ हजार र सान्त्वना ३ जनालाई रु ५ हजार पुरस्कार प्रदान गरिने छ । उक्त फोटोहरु काठमाडौंमा मात्र नभएर देश विदेशको विभिन्न सहरहरुमा पनि प्रर्दशनी गरिने छ साथै फोटोपुस्तक प्रकाशन गरि देश विदेशमा पनि प्रचार प्रसार साथै विक्रिवितरण गरिनेछ साथै उक्त फोटोपुस्तकको विक्रिवाट आएको केही रकम भुकम्प पिडित स्कुललाई प्रदान गरिने आयोजक राष्ट्रिय फोटोपत्रकार समुह –एनएफपीजेका सचिव प्रदीपराज वन्तले जानकारी दिनु भयो ।
