बिमल गौतम
तुलसीपुर ,६ श्रावण । तुलसीपुर उपमहानगर पालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगर पालिकालाई शैक्षिक हव बनाउने बताउनु भएको छ । एन प्याव्सन दाङले आज आयोजना गरेको स्वागत एव सम्मान कार्यक्रममा बोल्दै पाण्डेले तुलसीपुरलाई देशकै नमुनायोग्य शैक्षिक गन्तब्य बनाउने बताउनु भयो । उहाँले तुलसीपुर उपमहानगर पालिकालाई नमुना बनाउनका लागी सवै क्षेत्र नमुना योग्य हुनु पर्ने भन्दै शैक्षिक क्षेत्रमा समेत नमुना योग्य बनाउने बताउनु भयो । साथै पाण्डेले तुलसीपुरमा पढाई नभएका बिषयहरुको अध्यणका लागी तत्काल पहल गर्ने समेत बताउनु भयो । निकट भविश्यमै ईन्जिीनियरिङ , बन बिज्ञान , कृषि लगाएतका बिषयहरु अध्यणका लागि पहल गरिने बताउनु भयो ।
सो अवसरमा निजी बिद्यालयमा अध्यणरत बिद्यार्थिहरुले सोधेको प्रश्नको जवाफ दिदै मेयर पाण्डेले निजी तथा सामुदायीक बिद्यालयका विचमा रहेको बिभेद कम गर्न आफु लागि पर्ने बताउनु भयो । उहाँले निजी बिद्यालयमा पढेकै भरमा छात्रवृति नपाउने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
एन प्याव्सन दाङका अध्यक्ष भिम बहादुर वुढाथोकिको अध्यक्षता , तुलसीपुर उपमहानगर पालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतित्थ्यता तथा एन प्याव्सन दाङका अध्यक्ष सुवोध कुमार डागिको बिशिष्ट आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा तुलसीपुर उपमहानगर सहित पश्चिम दाङका गाउँ पालिकाका प्रमुख तथा उपप्रमुखहरु लाई सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्दै शान्तिनगर गाउ पाकिलाका अध्यक्ष कमान सिङ डागिले शैक्षिक बिकासका लागि निति बनाएर अगाढि वढने बताउनु भयो । उहाँले देशकै शैक्षिक सुधारका लागी निजी बिद्यालयहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै सवैको सहयोगमा शैक्षिक निती बनएर अगाडि वढने बताउनु भयो । कार्यmममा ववई गाउँ पालिकाका उपाध्यक्ष सावित्रा बिक , दगिंशरण गाउ पालिकाका उपाध्यक्ष पिमा खडका , एन प्याव्सनका केन्द्रीय सचिव सुवोध कुमार डागि , तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ७ का अध्यक्ष टोप बहादुर केसी लगाएतकाले बोल्नु भएको थियो ।
सो अवसरमा एन प्याव्सनमा आवद्ध बिद्यालयका शेयर सदस्यहरु स्थानिय निकायमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएको हुदा उहाँहरु लाई समेत सम्मान गरिएको थियो । स्वागत एव सम्मान कार्यक्रम संयोजक लोकेन्द्र खडको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा एस ई ई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने एन प्याव्सनमा आवद्ध बिद्यालय श्रीगाउँ लाईफ भिजन स्कुल श्रीगाउँका हुकुम पोख्रेल र बाल सहारा स्कुल बनहरिका सुजाता वलिलाई नगद सहित सम्मान गरिएको थियो । त्यसैगरि उत्कृष्ट नतिजा ल्याउने बिद्यालयहरुलाई समेत सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण एन प्याव्सन दाङका सचिव ठाकुर डागिले गर्नु भएको थियो ।
