मिस ब्युटि क्विन नेपाल २०१७ को ताज मनिषा पाण्डेको पोल्टामा गएको छ । उनले १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस ब्युटि क्विन नेपाल २०१७ को सौन्दर्य प्रतियोगीताको ताज पहिरिएकी हुन् । उनले शिर्ष उपाधिसँगै ’मस्ट ईन्टिलिजिन्ट र मस्ट पपुलर’ पनि जितिन् । यस्तै, फस्ट रनरअप तथा मस्ट ब्युटिफुलको उपाधि निमा शेर्पाले हात पारिन् भने सेकेन्ड रनरअपको उपाधि संगै मस्ट एक्टिभमा सुशिला श्रेष्ठ र थर्ड रनरअपको उपाधी सहित मस्ट कन्फिडेन्समा शर्मिला विश्वकर्माले जितिन् ।

miss beauty queen Nepal 2017 - final 4एमाजोन ईन्टरटेन्मेन्टले नेपाली मोडेलिङ पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताको अन्य सबटाईटलमा बेस्ट ट्यालेन्टको उपाधी मनिषा थापा, बेस्ट हेयरको उपाधी हेमकला नाल्बो, बेस्ट स्किनको टाइटल जेबिना लोहनी, बेस्ट क्याटवाकको टाइटल ममता तामाङ्, बेस्ट स्माईल तथा मस्ट पपुलरमा इन्दिरा श्रेष्ठ, बेस्ट डिसिप्लिनमा म्यागी लामा, मस्ट चार्मिङमा अन्जु आले मगर, मस्ट स्मार्टको सबटाईटलमा अन्जना केसी , बेस्ट कम्प्लेक्सन तथाबेस्ट ड्रेस्समा कुमारी रमिला राई र मस्ट स्टाईलिसमा एल्गिना राईले उपाधि जितिन् ।

123विजेता मनिषाले उपाधिसँगै आर्टिस्ट नेपाल, सिल्क हेयर, कोजी ब्युटी सलोनको तर्फबाट बिभिन्न गिफ्ट ह्यापर प्राप्त गरेकी छिन् । एमाजोन ईन्टरटेन्मेन्टले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन।

तस्बिरः कुबेर तामाङ् , मन्जु चित्रकार ( आर्टिस्ट नेपाल स्टुडियोस )