काठमाडौँ, ४ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्धको विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

chunamaniन्यायाधीश चोलेन्द्रशमशेर जवरा र प्रकाश राउतको संयुक्त इजलासले आज शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च अदालतमा प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

प्रवक्ता उपाध्यायले शर्माको मुद्दामा गम्भीर कानुनी जटिलता देखापरेको हुनाले सो मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको बताए । शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाइ गत असार २७ गते गैरकानुनी रूपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।