लक्ष्मण रसाइली
जाजरकोट ४ साउन । मान्छे मान्छे एउटै हुन्छ भन्ने हरेक मानबको मुख बाट सुनिन्छ।तर हाम्रो समाजमा जातिय छुवाछूत तथा भेदभावको जालो भने अझै उस्तै छ,जहिले जातियतामा वर्गीकरण गरिएको थियो।काटदा रगत एउटै आउँछ जुन उच्च जात अनि सानो जात भन्ने हरुको।नाक त्यही हो,कान त्यही हो,मुख त्यही शारीरिक बनावट पनि त्यही हो तर ठुलो र सानो जात छ यहाँ ,हुन त अलिकति फरक भने छ यहाँ महिला र पुरुषमा,किन कि अलिकती शारीरिक बनावट भने अलिक फरक छ।तर महिला पनि केवल चुलो र चौको अनि बच्चा पाउने मेसिन पनि त हैनन।
यहि कुप्रथा समाजमा जिउदो छ,जुन कामी,लुहार,डोम,दलित आदि शब्द सुन्ने बितिकै कयौ मानिस झसङ्ग तर्सिन्छन पनि।किन होला?कारण त खोज्न कठिन नै पर्छ,कामी त अछुत हो उसले निर्माण गरेका विभिन्न सामान जुन उच्च जात भन्ने हरुको घर को चुलो चौको मै हुन्छ्न त्यही कामी दाइ गयर आफुले बनाएका सामान त के चुलो सम्म छुन पाउदैन,त्यस्तै कपडा सिलाउने दमाई दाइहरु लाई पनि त्यस्तै।के हो ‘दलित’शब्द?जहाँ पानी पिउनलाइ पनि अर्काले नै न छुवाएर पिलाइन्छ।
आखिर त्यो कामीको निधारमा अछुत भनेर लेखियको त छैन।सबै एउटै देखिन्छन।बनाउन त सरकारले कानुनु दायरा त बनाएको छ,तर कहिले काहीँ ती कानुन बिपरित हुदा सम्म पनि सरकार मौन रहन्छ।आखिर मानवलाई दानबको व्यबहार गर्दा त सजाय त पक्कै कडा नै हुनु पर्ने?तथापि जातिय छुवाछूत तथा भेदभाव जब सम्म अनत्य हुदैन तब सम्म जुन उच्च जात भनिने हरुको राज हुने छ।त्यसैले द्लित एकता,आजको आबश्यकता,लाई एकतामा जोडि सबैको सीप चलोस,श्रम चलोस,मानब मानव सबै बराबर होस।जय रास्ट्र।