लक्ष्मण रसाइली
जाजरकोट ४, साउन । यतिबेला हरेक ठाउँमा बिकासको लहर छ।बाटो ,पुल,खानेपानी ,सन्चार आदिको बिकास क्रम चर्को छ।तर जाजरकोटको पुर्बी भेग त्रिबेणी नलगाड न.पा वडा न:१३ सिउनका जनताको सपना भने उस्तै छ।डोल्पा संग जोडिएको यस ठाउँमा न त खानेपानीको बिकास छ न त सन्चार न त पुलको नै।
डोल्पाको सिमाना संग जोडिएको यस सिउन गाउँको समस्या भने जस्ताको त्यस्तै रहेका छन।सिउनको सिउनबगर बाट खाद्य सामाग्री ल्याउन तथा अन्य आवातजावत को लागि रुकुमको खोलिबजार जानलाई बिचमा पुल नहुदा ज्यान नै जोखिममा राखेर आवतजावत गर्ने गरेका छ।बर्षाद समयमा धेरै बर्षा भयको दिन आवतजावत नै बन्द हुन्छ।१०घरको बस्ती रहेको यस सिउनबगरमा न त खानेपानी नै छ । बर्षाको याममा खोलामा धमिलो पानी आउने र मुल मुहान पनि धमिलो हुने भएकाले त्यही धमिलो पानी पिउनु परेको स्तानियहरुको भनाइ रहेको छ ।
