इन्द्रेणी संवाददाता
दाङ, २७ जेठ
नेत्रविक्रम चन्द विप्लव माओवादीका देशभरिबाट दर्जनौ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण नेपालबन्दका क्रममा गिरफ्तार गरिएका नेता कार्यकर्ता रिहाइका लागि भन्दै विप्लव माओवादीले आज नेपालबन्द कार्यक्रम राखेको हो ।one

आजको बन्दका क्रममा राजधानीका विभिन्न ठाउँबाट आफ्ना नेता र कार्यकर्ता गिरफ्तार भएको विप्लव माओवादीले बताएको छ । राजधानीस्थित रत्नपार्कबाट जनगणतान्त्रिक मंचका अध्यक्ष राजु कार्कीसहित झण्डै एक दर्जन नेता कार्यकर्ता, कलंकीबाट अखिल नेपाल क्रान्तिकारी मजदुर संघका अध्यक्ष योगेन्द्र कुमालसहित आधा दर्जन कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
त्यसैगरी ललितपुरको ग्वार्काेबाट जम्बो सेर्पासहित ३ जना, बालाजुबाट अखिल क्रान्तिकारीका सुमन अधिकारी, मीन चलाउने र चन्द्र बुढासहित ५ जनालाई पनि प्रहरीले गिरफतार गरेको छ । उता भक्तपुरबाट जन परिसद प्रमुख कृष्णराम खड्का, सविन पुलामी मगरसहित ३ जनालाई पनि प्रहरीले गिरफ्तार गरेको माओवादलिे जनाएको छ ।2

केहि समय अघि कलङकीबाट काठमाण्डौ जिल्ला अन्तर्गत ईलाका नम्बर ८ का सेक्रेटरी बिजयलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सबै नेता कार्यकर्तालाई शान्तिपूर्ण बन्दका क्रममा प्रहरीले गिरफ्तार गरेको विप्लव माओवादीले बताएको छ ।

यसैविच, आफ्नो शान्तिपूर्ण नेपालबन्द कार्यक्रमलाई अटेर गरेर गाडी चलाएको भन्दै विप्लव माओवादीका कार्यकर्ताहरूले काठमाडौंका विभिन्न क्षेत्रमा गरेर डेढ दर्जन गाडीमा तोडफोड र आगजनी गरेका छन् ।
आफ्ना नेता कार्यकर्ता रिहाइका लागि भन्दै आज २७ गते नेपालबन्द कार्यक्रम राखेको विप्लव माओवादीले अटेर गरेर गाडी चलाएको भन्दै राजधानीस्थित गोगंबु, महाराजगंज, चाहविल, तीनकुने र भक्तपुरमा गरी डेढ दर्जन गाडीमा तोडफोड र आगजनी गरेको हो ।

आफ्नो शान्तिपूर्ण नेपाल बन्द कार्यक्रमलाई अटेर गरेर गाडी चलाउने कसैलाई पनि नछोडिने विप्लव माओवादीका कार्यकर्ताहरूले बताएका छन् । आजको नेपालबन्दमा प्रेस, शववाहन, कुटनीतिक र अत्यावश्यक विरामीका गाडीबाहेक कुनै पनि गाडीहरू चल्न नदिने माओवादीले बताएको छ ।।